Skip to main content

ब्राहमण समाज नेपाल के, किन र के का लागि?

कुराकानी बिशेष 
प्रा. नारायणप्रसाद अधिकारी अध्यक्ष- ब्राह्मण समाज नेपाल

किन आवश्यक प¥यो ब्राह्मण समाज  कहिले गठन गर्नुभएको पृष्ठभूमि पनि वताइदिनु न ? 
जातीय संगठन गर्नेपर्र्ने जस्तो थिएन । दलहरुले जातिय प्रतिवद्धता गरे । भोलीको अवस्था ख्याल गरेनन् । जातीय राज्यको वचन  अनि आरक्षण दिए । ब्राह्मणहरु जातीय संगठनको शारीरिक र मानसिक पीडा खप्न वाध्य भए । पोखरामा तमुवान राज्य घोषणा गर्ने सिलसिलामा ब्राह्मणहरुलाई असैह्य गाली गरियो । ब्राह्मण कासी जाऊ , क्षेत्रीहरु फाँसी जाऊ यो भूमि हाम्रो हो । हामीमाथि शोषण गर्ने कुनै अधिकार छैन भन्ने नारा जुलुस गरे । हामी ब्राहमण उनीहरुको गाली र चर्काे भाषण नमिठो गरि सुन्यौ । सदियौ देखि यहाँ मिलेर वसेका र दाजुभाई जस्तो ब्यवहार गदै आएकाहरुलाई समेत त्यो घटनाले नमिठो अनुभव गरायो । त्यस्तै पश्चिममाञ्चल क्षेत्रिय अस्पतालमा गुरुङ बालिका उपचारका क्रममा मृत्यु भयो । डाक्टरको लापरर्वाहीवाट उनको ज्यान गएको थियो । तमू धिं कास्की नामक संस्थाले अस्पताल घे¥यो । उतm संस्थाकोे दवावमा अस्पताले २० लाख रुपैयाँ क्षतिपूर्ति दियो । तर केही समयपछि त्यस्तै घटनामा एक ब्राह्मण समूदायकी वालिकाको पनि मृत्यु भयो । तर उनको न कसैले क्षतिपूर्ति दियो न त उनको पक्षमा वोल्ने कोही नै भयो । बाहुनको संस्था पनि थिएन । एउटै प्रकृतिका घटनामा संगठनले धेरै प्रभाव पारेको महशुस हामीलाई भयो । संगठन नहुदा एक्लो हुदो रहेछ भन्ने पनि गरायो हामीलाई । पोखरामा अर्काे घटना पनि भयो । दुई पुजारीलाई घाटी रेटेर मारियो । त्यही समयमा काठमाडौको एक चर्चमा एक ब्यतिm मारिएका थिए । त्यो घटनामा प्रधानमन्त्री माधवकुमार नेपाल स्वयम् गएर छानविन गर्न देखि संवेदना दिने काम गरे तर पूजारीको विषयमा न त मिडियाले लेखे न सरकारले चासो लिएर हत्यारालाई कारर्वाही गर्ने काम नै ग¥यो ।  । यी घटनाले ब्राह्मणहरु निरीह वन्दै भएको यथार्थ अनुभव गरायो । देशका कुनै भागमा पनि एउटा ब्राह्मणलाई टक्याक हिरर्काएर मारेमा पनि वोल्ने कोही रहेन्छ भन्ने कुरा देखायो । विंस २०६६ जेठ २२ मा राष्ट्रिय ब्राह्मण समाजको स्थापना भयो । ब्राह्मणको नाममा खुलेका र छरिएर रहेका ११ वटा संस्था रहेछन् । अन्यतिर भएका संगठनलाई एकिकरण गर्ने निर्णय गरेर देवघाटमा ब्राह्मण समाज नेपाल गठन गरियो । काठमाडौमा विधान  दर्ता गरियो । अहिले ६३ जिल्लामा यसको संजाल छ । वाँकी जिल्लामा पनि गठन गदै जान्छौ । भोली गएर हामी माथि जाइलाग्न थालियो भने पनि हामीले पनि केही गर्नुपर्दछ आत्मरक्षाका लागि भनेर संगठनलाई अगाडि वढाएका हौ । 
सवै जातजातिहरुले आफ्ना संगठन खोलेपछि यो स्थापना भएको हो । सवैभन्दा कान्छो संगठन हो ।
व्राह्मणहरु अरु जनजातिले  भाग खोस्न थाल्यो भनेर जाग्न थालेका हुन् ? 
व्राह्मणले जनजातिको भाग खोस्न चाहेका छैनन् । हिजो ब्राह्मणहरु अगाडि थिए । ब्राह्मणलाई आरक्षण दिएर अगाडि आएका थिएनन् । आफ्नै परिश्रम र वाहुवलले पुगेका थिए ठूलो ठाउँ र राज्यका महत्वपूर्ण ठाउँमा । जनजातिहरुले वाहुनकै कारण आफूहरु अगाडि वढन नसकेको ठान्नु  भ्रम हो । वाहुनलाई त्यहाँसम्म पुग्न कसैले सहयोग चाही गरेको होइन । आफ्नै कठोर परिश्रम र साधनाले खुल्ला प्रतिस्पर्धामा आएर नै ब्राह्मण ब्राह्मण वनेका थिए । त्यो अवसर प्राप्त गर्न त सवैलाई वाटो खुल्ला नै थियो । एउटा गुरुङको छोरा कहिले छाती ३२, ३३ इन्च पुग्ला भनेर नापेर वस्छ अनि भर्ती हुन जान्छ , कसिएर पढदैन , पढनतिर ध्यान दिदैन । वाहुनको छोरा कसिएर पढछ अनि लोकसेवा पास गरेर जागिर खान्छ । कसैको भाग खोस्न यो संगठन स्थापना भएको होइन । वाहुनको त्यो माग पनि होइन । दौडेर अगाडि जानेलाई खुट्टा तानेर जित्छु भन्नु राम्रो होइन । सवैलाई कसरी अगाडि वढाउने र पछाडी परेकालाई कसरी अगाडि वढाउने हो त्यो सोच्नु पर्दछ अनि सवैको विकास  हुन्छ । देशमा अग्रगमनको कुरा गर्ने अगाडि गएकालाई पछाडि धकेल्न खोज्नु उचित कुरा होइन । प्रहरी र सेनामा वाहुनको संख्या कम छ । तर अरु क्षेत्रमा वाहुनको वाहुल्यता छ । लोकसेवामा पनि ५० प्रतिशत आरक्षण अरु जातिलाई दिइएको छ । वाहुनको संख्या धेरै भएको छ तर खुल्ला प्रतिस्पर्धामा मात्र लडन पाउने ब्यवस्था गरिएको छ । खुल्ला प्रतिस्पर्धामा जो पनि आउन पाउँछ । उता अरु जातिलाई  आरक्षण पनि खुल्लामा पनि लडन पाउने तर वाहुन आरक्षणमा लडन पाउदैन यही नै हामीलाई गुनासो अनि चित्त नवुझने कुरा हो । सेना र प्रहरीको उच्च पदमा वाहुन होइन जनजाति नै पुगेका छन् । 
किन यसरी ¥याली  जुलुश  गर्नुपर्यो , अरुले कान काटे भन्दैमा ब्राहमणहरु त ज्ञानी मान्छे भन्नुहुन्छ, किन कान काट्नु पर्यो ? 
परिस्थती उपज हो । जातीय संगठन बनाउने प्राणी हामी होइनौ । आत्मसंरक्षणको लागि हो । भोलि बन्ने सविधानमा भेदभाव गरिदैन भने पछि त्यो त्यसै सकिन्छ । आज भोलि आवाज उठाए र कराएमात्र सुनिने संस्कार छ । शान्तिपूर्ण जति सभा सम्मेलन गरेपनि त्यसले केही नहुने भैसकेको छ ।
तपाईहरुको माग के हो ?
हामीलाई भाग चाहिएको होइन र भाग माग्न हामीले संगठन खोलेको पनि  होइन । जातीय राज्य वनाउनु हुन्न राष्ट्रलाई अहित हुन्छ । जातीय राज्यको कारण छैन । जुन जाति ७५ प्रतिशत वसोवास गर्दछ र ८० प्रतिशत भाषामा पनि त्यही जातिको वाहुल्यता छ भने मात्र जातीय राज्य दिन सकिन्छ भन्ने अन्तराष्ट्रिय मान्यता छ । त्यो हिसावले नेपालमा कुनै पनि जातिको लागि छुट्टै राज्य संम्भव नै छैन । अल्पसंङख्यकले शासन गर्नु भोटको राजनीति मात्र हो । ब्राह्मणहरुलाई राज्य चाहिएको होइन । राष्ट्र र राष्ट्रियता वचाउनु पर्दछ यही नै हाम्रो माग हो । अनि राज्यलाई हामी यही सुझाव दिन्छौ । 
ब्राह्मण समाजभित्र क्षेत्रीहरुलाई पनि समेटन सक्नुभएन छ त ?
ब्राह्मण र क्षेत्री मिल्न चाहेनन् । पूर्वतिर ब्राह्मण र क्षेत्री भित्र वैमनश्य छ । क्षेत्री समाजलाई पनि यसैमा एकीकरण गर्ने हाम्रो  चाहना हो ।
ब्राह्मणको खासै केही पहिचान त छैन नि ? 
ब्राह्मणहरु समाज र संस्कृतिप्रति जागरुक छन । संस्कार र संस्कृति धर्म आदि वैज्ञानिक र विधिसंम्वत् छन् । धर्ममा विज्ञान खोज्दै अगाडि वढनु पर्दछ अव ।  राजनीतिक अधिकारका लागि पहिचान वनाउने होइन । ब्राह्मणले सिङ्गो मुलुकको हितको चिन्तन गरेको छ । जातीय राज्यले मुलुकलाई सही दिशा निर्देश गदैन ।
यसरी त समाजमा जातीय द्वन्द्व बढ्दैन ? 
जातीय द्वन्द्ववाट नेपालीलाई फाइदा हुदैन । जातिय द्वन्द्व वढाएर विदेशीहरुलाई नै फाइदा पुग्छ । राज्य कमजोर हुन्छ । आन्तरिक झगडा हुदा छिमेकी वलिया हुन्छन् । नेपालीहरुलाई भन्दा विस्तारवादी शतिmहरुलाई फाइदा पुग्छ । नेपाल जातीय द्वन्द्वको संम्भावना नजिक छ त्यही भएर त्यस्तो परिस्थिति नआउदै हामीले सचेत पार्न खोजेका हौ । जातीय सद्भाव र राष्ट्रिय स्वाभिमान हाम्रो नारा हो । जातीय विभेद सहित संविधान वन्नुपर्दछ भन्नुभएको छ , त्यो कस्तो संविधान हो ? संविधानमा आरक्षण वर्गको आधारमा होस् जातिका आधारमा होइन । जातका आधारमा राज्य होइन शातिmको विकेन्द्रिकरणका लागि होस् संघीयता । १० वटा जातिलाई मात्र राज्य दियो भने सवै जातजाति भएको मुलुकमा अरु जाति के गर्दछन् ?
संविधान जनजातिपक्षमा आयो  वा ब्राह्मणको माग संम्वोधन नभए तपाईहरु के गर्नुहुन्छ ?
जातिय आधारमा विभेद गरिएको संविधान आयो भने ४६ प्रतिशत जनताले वहिष्कार गर्दछन् । त्यो संविधान लागू गर्न ब्राह्मण समाजले दिनेछैन ।
तपाईहरु आफुलाई आदिवासी दावी गर्नुहुन्छ । ब्राह्मणहरु कसरी आदिवासी भए  ? ब्राह्मणहरुको ऐतिहासिक पृष्ठभूमी के हो ?
ब्राह्मण एउटा उपाधी हो । जिवन र जगतको ज्ञान हासिल गर्ने  ब्राह्मणले आदिम काल देखि विभिन्न क्षेत्रमा ज्ञानकै कारण अगाडि आएको हो । ब्राह्मणलाई दिइएको उपाधिले  पारिवारिक रुप लियो । ब्राह्मणहरु आदिवासी हुन् । आगन्तुक होइनन् । ३५ लाख जनसंख्या भएको जातिलाई राज्यले जाति नै होइनौ भनेको छ । त्यो सरासर ब्राह्मणमाथि गरेको अन्याय हो । नेपालभित्र नै वसिरहेको जाति चाही कुन ? ब्राह्मणको ५ हजार वर्ष अगाडिको इतिहास छ ।  शेर्पा जाति  १५३० –१६०० तिर तिब्वतवाट आएर हिमाली क्षेत्रमा वसोवास गरेका हुन् । ८ सय वर्ष अगाडि गुरुङ र १ हजार वर्ष अगाडि मगर जाति नेपालमा वसोवास गर्न थालेको इतिहास छ । भगवान गौतम वुद्धको जन्म हुदा पनि ब्राह्मण वोलाइएको थियो । काठमाडौका राजा मानदेवको समयमा विसं ३८७ को  शिलामा पनि त्यो कुरा उल्लेख छ ।सबै तिर बाहुनको बर्चश्व छ तर ति शासक र राजनीतिक दलहरुले भोटका लागि आत्मघाती निर्णय गरेका हुन् । ती नेताहरु राष्ट्र र राष्ट्रियताको वारेमा चिन्ता नै गरेनन् । उनीहरु जातिघाती र राष्ट्रघाती हुन् ।
ब्राह्मणहरु आजको २१ औ शताब्दीको समयमा पनि धर्ममै आधारित भएर आफूलाई माथि उठाउन खोज्नु अनि त्यही अनुरुप समाजको परिकल्पना गर्नु  नमिल्दो भएन र ?
ब्राह्मणहरु आध्यात्मिक जाति हो । धार्मिक र मानवीय कुरा छन् । पहिले सामाजिक मूल्य र मान्यताहरु धर्ममा नै आधारित थियो । धर्मले नै समाज र सामाजिक कृयाकलापलाई दिशा निर्देश गरिरहेकै छ । तर धर्म नमान्ने र आधुनिक हुने होडमा समाजमा विकृति र हिंसा उब्जिएको हो । धर्ममा आधारित संस्कृति नै राष्ट्रिय सस्कृति हो । अरु मुलुकहरुमा पनि त्यही ब्यवस्था छ । पोशाक र सस्कृत भाषा अहिले ब्राह्मणले छाडेका छन् । तर विशेष ठाउँमा अझ पनि कायम नै राखिएको छ ।
प्रस्तुति ः गोविन्द लुइँटेल

Comments

Popular posts from this blog

राष्टिय गितहरु डाउनलोड गर्नुहोस ।

For Download Click on Songs Title. Download will start automatically. Gaucha Geet Nepali Jyoti ko Pankha Uchali Jaaga Lamka Chamka hai naujawan ho Paschim koi purba Ghar Ma Jhukdai Na jhukne Nepal ko Choro

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY