Posts

Showing posts from June, 2013

दुव्र्यसनबाट मुक्त हुन खोजेका ब्यक्तीहरुको बयान

Image
सन्दर्भ : औषध ओसारप्रसार बिरुद्धको दिवस १ समय एउटा यस्तो चिज हो, जो जव मानव एउटा चेतनशील र विवेकशिल प्राणीको रुपमा विकसित भई सवै कुराको लेखो राख्न  सक्ने अवसरमा आयो, त्यति नै बेलादेखि वा आफू जान्ने हुनु भन्दा अगाडी लामो अन्तराल सम्मको बेला वा काललाई कल्पना गरि गण्ना गर्न थाल्यो । यसलाई भूत, वर्तमान र भविष्यत गरि तीन भागमा विभक्त गरिएको छ । मानिसले परिकल्पना  गरेको भूत कालको र वर्तमानको लेखा  राखिएता पनि भविष्यत कालको कुनै निश्चितता र अन्त छैन । मानिस लगायत सम्पूर्ण चराचर जगत र विश्व ब्रमाण्ड समयकै गतिमा चलिरहेको छ । विगतको परिकल्पना गरिए पनि समायको शुरु र अन्त्य छैन भन्दा अत्युक्ति नहोला । 

लोकसेवाको तयारी कसरी गर्ने ?

लोकसेवाको तयारी कसरी गर्ने भन्ने बारे प्रा.डा. भिमदेव भट्टको विचार:- लोकसेवा आयोगको परीक्षा भनसुनभन्दा 'मेरिट' मा आधारित हुन्छ । त्यसैले मिहिनेतमा विश्वास गर्नेहरू अझै पनि लोकसेवा परीक्षामा विश्वास गर्दछन् । मिहिनेती लोकसेवा परीक्षामा खरो उत्रेका पनि छन् । गत वर्ष त महिलाले कीर्तिमान नै राखे । यद्यपि लोकसेवा परीक्षाको तयारी सजिलो भने पक्कै छैन । कसरी गर्ने त तयारी ? के कुरामा ध्यान दिने ? लोकसेवा आयोगले लिने परीक्षाको नाम लिनासाथ मैतिदेवीका हरि शर्मा जङ्गिए- 'बेकारको कुरा Û के को जाँच दिनु ? फाराम भर्न पनि लामो लाइन र पढ्न पनि उस्तै गार्‍हो ।' हरि शर्मा मात्र होइन, अरू पनि थुप्रैका लागि लोकसेवा दिनु भनेको फलामको च्यूरा चपाउनुसरह हो ।

एक्काइसौं शताब्दीको क्रान्ति र सम्भावना

Image
Pradeep Giri(प्रदिप गिरि) विश्वले एक्काइसौ शताब्दीको पहिलो दशक समाप्त गरी सक्यो । एक्काइसौ शताब्दीको शुरुवात विश्वम अन्र्तररष्ट्रिय समाजवादको पराजयवाट भएको थियो । १९८९ मा सोभियत यूनियनको विघटन भएपछि अमेरिकाको नेतृत्वमा रहेको पूजीवादी विश्व अत्यन्त उत्साही थियो । पुजीवादका कतिपय चिन्तकले अब इतिहासको अन्त्य भइसक्यो, अब सिंगो संसारमा एकमात्र विचारधारा रहन्छ, त्यो विचारधारा भनेको पूजीवादको विचारधारा नै हो भनेर जोड दिए । खासमा प्रचलित उदारवादलाई पूजीवादको विचारधारा कै रुपमा व्याख्या गरिन्छ , कुरो त्यत्ति हो । कुरो सोभियत यूनियनको विघटनको मात्र थिएन । बीसौं शताब्दीमा यूरोपका अनेकौं देशमा सोसियल डेमोक्रेटिक पार्टीहरु सत्तामा आएका थिए । सोसियल डेमोक्रेट पार्टीहरुले आफ्नो लक्ष्य समाजवाद बताउँछन् । तर, बीसौं शताब्दीको अन्त्य हुँदा सम्म सोसियल डेमोक्रेटिक पार्टी सत्तारुढ रहेका देशहरुमा पनि तिनीहरुको असफलता प्रकट भइसकेको थियो । सोसियल डेमोक्रेटिक पार्टीले आफ्नो मूलुक र समाजमा कल्याणकारी राज्य बनाउने कोशिस अबश्य गरेको थियो । प्रारम्भिक चरणमा उनीहरु एकहद सम्म सफल पनि भएका थिए । तर, सोभियत यू...