आगामी बजेट ८ खर्ब ८० अर्ब
पुनर्निर्माणका लागि रू. १ खर्ब ४५ अर्ब बजेट जेठ २६, काठमाडौं । आगामी आर्थिक वर्ष २०७२/७३ को बजेट सीमा रू. ८ खर्ब ८० अर्बको पुग्ने भएको छ । भूकम्पले क्षति पुर्याएका संरचनाको पुनर्निर्माण र राहतका लागि सरकारले बजेट सीमा बढाएकोे हो । ‘सरकार भूकम्पले पुर्याएको क्षतिको आकलन गरी बजेटको सीमा बढाउने तयारीमा जुटिरहेको छ,’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले भने, ‘आगामी बजेट रू. ८ खर्ब ८० अर्बसम्मको पुग्नसक्छ ।’ यो आकारको बजेट आयो भने त्यो चालू आवको भन्दा रू. २ खर्ब ६२ अर्बले बढी हुनेछ । चालू आवको बजेटको आकार रू.६ खर्ब १८ अर्ब छ ।
Comments
Post a Comment
Comment us and help for make it better!!