सँयोगै सँयोगको तिहार


तिहारसँग जोडिएका रोचक तथ्यहरु
1. महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन : विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंसी लक्ष्मीपूजाका दिन काठमाण्डौको धोवीधारामा जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद देवकोटा राखिएको हो, यी विराट र बहुमुखी प्रतिभा सम्पन्न साहित्यकारलाई नेपाली साहित्यका महाकवि मानिन्छ ।
2.  हिरण्यकश्यपको वध:यसै दिन विष्णु भगवानले हिरण्यकश्यपको वध गरेको बताइन्छ
3.  लक्ष्मी र धन्वंतरि प्रकट: यसै दिन दिन समुद्रमंथनपछि लक्ष्मी र धन्वंतरि प्रकट भएको भनिन्छ।
4. महावीर स्वामीको निर्वाण दिवस:जैन धर्मावलम्वी अनुसार चौबिसौं तीर्थंकर महावीर स्वामीको निर्वाण दिवस पनि दीपावलीको दिनमा पर्छ।
5.  अमृतसरको स्वर्ण मन्दिरको शिलान्यास: सिक्खहरुको निम्ति पनि यो दिन महत्त्वपूर्ण छ किन कि यसै दिनमा सन् १५७७ मा स्वर्ण मन्दिरको शिलान्यास भएको थियो।
6.  नेपाल सँवत (विक्रम संवत् होइन) : यसदिन नेपाली सालको नयाँ वर्ष शुरु हुन्छ।
7.  मुगल वंशका अंतिम सम्राट बहादुर शाह जफर पनि दीपावली मनाउँथे र यस अवसरमा आयोजित कार्यक्रमहरुमा उनी भाग लिन्थे।
8. शाह आलम द्वितीयको समयमा शाही महललाई दीपावलीमा दीपहरुले सजाइन्थ्यो एवं लालकिलामा आयोजित कार्यक्रमहरुमा हिन्दू-मुसलमान दुवै धर्मावलम्वीहरुले भाग लिन्थे।
9.  पंजाबमा जन्मेका स्वामी रामतीर्थको जन्म अनि मृत्यु: पंजाबमा जन्मेका स्वामी रामतीर्थको जन्म अनि मृत्यु दवै दीपावलीको दिन भएकोथियो।
10.  महर्षि दयानन्दले भारतीय संस्कृतिका महान जननायक बनेर दीपावलीकै दिन अजमेरको छेउमा देहत्याग गरेकाथिए।
11.  दीन-ए-इलाहीका प्रवर्तक मुगल सम्राट अकबरको शासनकालमा राजकोष भण्डारको सामु ४० गज अग्लो बाँसमा एउटा आकाशदीप दीपावलीका दिन लगाइन्थ्यो।
12. बादशाह जहाँगीरले पनि दीपावली धूमधामसित मनाउँथे।

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय