दशैँ आयो ।

हट्यो सारा हिलो मैलो, हरायो पानिको वर्षा
भवानीको भयो पुजा, चल्यो आनन्दको चर्चा
जता जाँउ उतै भन्छन, दशैँ आयो दशैँ आयो
यहि आनन्दको चर्चाले, सबै सँकट बिर्सायो
ठुला साना सबैलाई, दशैँ अत्यन्तै राम्रो छ
चलेका चाडमा ज्यादै, यहि उत्कृष्ट हाम्रो छ
सबै अत्यन्त आनन्दी, सबै छन पिङमा दँग
सबैको देखिदै आयो, उज्यालो चेहरामा रँग ।।*
--------------------------------------------
             *कवि शिरोमणि लेखनाथ पौड्याल
--------------------------------------------
विजयादशमी २०६८ को पावन अवसरमा मेरा मित्र, शुभेच्छुक, नातेदार तथा सम्पुर्णमा हार्दिक मँगलमय शूभकामना ब्यक्त गर्दछु । यहाँको जिवन फलोस फुलोस ।कसैको दशैँ दशा नबनोस । जय विजयादशमी।
~प्रदिपचन्द्र सुबेदि
~e-mazza.blogspot.com

Comments

Popular posts from this blog

आगामी बजेट ८ खर्ब ८० अर्ब

Do you know about "COMMERCIAL PAPER"