Skip to main content

डा. भट्टराईका चुनौतिहरु

  
Dr. Baburam Bhattarai
डा. बाबुराम भट्टराईको चर्चा त्यतिबेला देखि नै हुनन्थ्यो, जब देशमा सशस्त्र जनयुद्द चलिरहेको थियो । हुन त उनको चर्चा उनको स्कुले जिबनलाई लिएर पनि हुन्थ्यो । देशमा गणतन्रको स्थापना पछि पनि उनको चर्चामा कमि आएन कहिले भारतबादि भनेर त कहिले पार्टि अध्यछ प्रचण्डसँगको बेमेल र किरणसँगको गठबन्धन बाट । तर उनि यतिबेला नेपालको ३५औँ प्रधानमन्त्रिको रुपमा निर्बाचित भएपछि चर्चामा छन । प्रचण्डले गिरिजापथ पछ्याए, उनि पार्टिमा रहुन्जेल अरु प्रधानमन्त्रि हुनै सक्दैनन भन्ने हरुलाई पनि प्रचण्डले राम्रै जवाफ दिएका छन । सहमतिको चरम प्रयास गर्दा पनि सफल हुन नसकेकोले सहमतिय राजनितिका हिमायति डा. भट्टराई बहुमतिय प्रणालिबाट नेपालको प्रधानमन्त्रि बनेका छन। डा. भट्टराईको कार्यकाल निश्चितरुमा त्यति सजिलो हुने छैन किनभने उनि जुन गठबन्धनबाट प्रधानमन्त्रि भए त्यो गठबन्धन नै आफैमा कमजोर छ । सफल अर्थमन्त्रिको रुपमा आफ्नो नाम दर्ज गराएका भट्टराईलाई सोहि दर्जामा आफ्नो प्रधानमन्त्रित्व पुर्याउन धेरै चुनौतिहरुको सामाना गर्नु पर्ने निश्चित छ । जे कुरामा पनि ३ दलले टुङग्याउने जुन परिपाटि बसालिएको छ त्यसले नै डा. भट्टराईलाई अफ्ठ्यारोमा पार्न सक्छ। ३ घटक मध्येका प्रमुख २ घटकहरु प्रतिपछमा रहेको स्थितिमा देश सँबिधानको बाटोमा जान बाधा पुग्न सक्छ । सरकारका कामहरुमा आलोचनात्मक समर्थन गर्नुपर्नेमा नेपालमा त्यस्तो परिपाटि छैन, अन्धाधुन्ध सरकारको आलोचना गर्नुलाई प्रतिपछको धर्मको रुपमा लिईन्छ चाहे सरकारि निर्णय राम्रो होस वा नराम्रो । सँबिधानसभाको म्याद तिन पटक सम्म थप गर्दा पनि अपेछित काम हुन नसकेको अबस्थामा अबको सरकारले त्यस प्रति पनि जनसाधारणको विश्बास अभिबृद्दि गर्नु पर्ने छ । यस परिस्थितिमा प्रधानमन्त्रि भएका डा. भट्टराईका सामु निम्न चुनौतोहरु रहने छन।
१)       कमजोर गठबन्धन
सरकार जुन धरातलमा बनेको छ त्यो धरातल नै कमजोर छ किनभने देशका प्रमुख राष्ट्रिय दलहरुको समर्थन सरकारलाई छैन । छेत्रिय पार्टिहरुको सर्मथनमा मात्र सरकार पक्कै बलियो स्थितिमा रहने छैन । निश्चित अडान बिनाका दलहरुको सर्मथन सरकारको लागी आफैमा खतरा हो । र यि दलहरुक पृष्टभुमि तपाई हामि सबैलाई अबगत भएकै कुरा हो। काम भन्दा पदको पछि लाग्ने नेताहरुबाट जनमुखि कामको अपेछा गर्न सकिन्न । उनिहरु को बाट सँचालित र नियन्त्रित छन भन्ने कुरामा ध्यान दिनु बिषेश जरुरि छ ।
२)     शान्ति र सँबिधान बाटो
देश सँक्रणमकालिन स्थितिमा गुज्रिरहेको छ, शान्ति र जनसँबिधानको लागि नेपालि जनताले ६० बर्ष भन्दा कुरि सके, पक्कै अब कुर्ने छैनन । यस्तो अबस्थामा सरकारले देशमा नयाँ सँबिधान लागु गरि शान्ति स्थापाना गर्नुपर्ने छ र यो काम त्यति सजिलो छैन। यसैको नाममा देशमा तिन चारवटा सरकार बन्ने र ढल्ने क्रम चलिरह्यो, त्यसको सिकार यो सरकार पनि नहोला भन्न सकिन्न।
३)     मोर्चाका मागहरु
मधेशी मेर्चासँग भएको ४ बुँदे सहमति बमोजिम मोर्चाका मागहरुमा कतिपय काङग्रेस-एमालेको सहकार्यबिना समभ्व देखिदैन । यी असम्भब मागहरुलाई लिएर मधेशी दलहरुले किचलो थाप्न सक्ने प्रबल सम्भाबना छ। जसको असर गठबन्धन टुट्ने सम्मको हुन सक्दछ ।
४)     हतियार तथा लडाकु समायोजन
मओबादी पार्टि भित्रै बिबाद रहेको बिषय- हतियार तथा लडाकु समायोजनमा पार्टिभित्रकै नेताहरुबाट असहयोगको स्थिति आउन सक्दछ । क. किरणको सहयोगबिना यो कार्य हुनै सक्दैन । अत: यस बिषयमा प्रधानमन्त्रिले उक्त पछलाई मनाउन फलामको चिउरा चपाए सरह हुने निश्चित छ ।
५)     दरिलो प्रतिपछ
नेपालका प्रमुख २ राष्ट्रिय पार्टिहरु प्रतिपछमा रहको स्थिति निश्चय नै कठिन हुनेछ । एक त कमजोर गठबन्धनबाट गठित सरकार त्यमाथि बलियो प्रतिपछ । यो स्थितिको उपयुक्त समायोजन बिना डा. भट्टराईको प्रधानमन्त्रित्व सफल हुनै सक्दैन ।

Comments

Popular posts from this blog

राष्टिय गितहरु डाउनलोड गर्नुहोस ।

For Download Click on Songs Title. Download will start automatically. Gaucha Geet Nepali Jyoti ko Pankha Uchali Jaaga Lamka Chamka hai naujawan ho Paschim koi purba Ghar Ma Jhukdai Na jhukne Nepal ko Choro

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY