आइन्सटाइनको ११ वर्षिय छोरा एडुआर्डोले आफ्नो पिताको तारिफमा धेरै कुरा सुनेपछि उनलाई आफ्नो पिता किन यतिका प्रख्यात भए त भन्ने कुतूहलता भएछ । सो थाहा पाउन उनले आफ्ना पितालाई प्रश्न गरे, 'बाबा तपाइर्ं किन यत्तिका प्रख्यात हुनुभएको ?'
सानो छोराबाट यस्तो गम्भीर प्रश्न सुनेर आइन्सटाइन एकछिन त घोरिए । तर, एकाएक उनलाई ठट्टा गर्ने मुड चल्यो र आफ्नो छोरालाई काखमा राख्दै भने, 'किनभने एकदिन एक नेत्रहीन कीरा फुटबलमा चढ्न कोसिस गर्दै थियो । त्यसलाई थाहा थिएन कि, त्यो गोलो छ । तर, यस मामलामा म भाग्यमानी ठहरिएँ सो कुराको ज्ञान भयो, यसैले ।'
Comments
Post a Comment
Comment us and help for make it better!!