एकपटक अलेक्जेन्डरले एक प्रख्यात चित्रकारलाई बोलाएर आफ्नो घोडाको चित्र बनाउन भने । चित्रकारले धेरै परिश्रम गरेर घोडाको चित्र बनाए ।
चित्र देखेर अलेक्जेन्डर मुग्ध त भए, तर उनले आपनो अहंकारका कारण चित्रकारको प्रशंसा गरेनन्, बरु ती चित्रका अनेकौँ कमजोरी निकाल्न थाले । उनको नियत बुझेर चित्रकारले भने, 'महाराज, तपाईं चित्रको गुणदोषको आँकलनका लागि आफ्नो घोडालाई जिम्मा दिनुस् ।' तुरुन्त घोडा ल्याइयो । चित्र देखेर घोडा हिन्हिनाउन थाल्यो ।
अलेक्जेन्डरले सोधे, 'यो घोडा किन हिन्हिनाइरहेको छ ?'
चित्रकारले भने, 'महाराज, तपाईंमा भन्दा तपाईंको घोडालाई कलाको धेरै ज्ञान रहेछ । चित्रमा भएको घोडालाई आफूजस्तै अर्को घोडा सम्झेर ऊ दौडनका लागि बेचैन भएर हिन्हिनाएको हो । मेरो कलाको सजीवताका लागि यो सबैभन्दा ठूलो प्रमाण हो ।'
यो सुनेर अलेक्जेन्डर लज्जित भए ।
(Nayapatrika)

Comments
Post a Comment
Comment us and help for make it better!!