Skip to main content

प्रेरक प्रसँग-समयको मूल्य

एक दिन एक पुस्तक पसलमा ग्राहक आए । केही क्षण पुस्तक हेरिसकेपछि उनले पसलको एक कर्मचारीसँग सोधे, 'यो पुस्तकको मूल्य कति हो ?'


उसले भन्यो, 'एक डलर ।'

'केही कम हुन सक्दैन ?' तिनले फेरि सोधे ।

'अहँ सकिन्न ।' कर्मचारीले स्पष्ट गरिदिए ।

ग्राहक केही क्षणसम्म अरू पुस्तक हेर्न थाले । फेरि उनले कर्मचारीसँग सोधे, 'के तपाईं पसलको मालिकलाई बोलाउन सक्नुहुन्छ ? म उनीसँग भेट्न चाहन्छु ।'

पसल मालिक आएपछि ग्राहकले उनीसँग सोधे, 'यो पुस्तक तपाईं कतिसम्म घटाएर दिन सक्नुहुन्छ ?' जवाफ मिल्यो, 'सवा डलर ।' ग्राहक आश्चर्यचकित भए । उनले भने, 'तर भर्खरै तपाईंको कर्मचारीले यसको मूल्य एक डलर बताएका थिए ।' 'हो, उसले भनेको ठीकै थियो । त्यसमा मेरो समयको मूल्य जोडिएको छ ।'


'ठीक छ, जुन मूल्य नलिई नछाड्ने हो, अन्तिमपटक बताउनुहोला,' ग्राहकले भने । 'डेढ डलर । तपाईं जति ढिलो गर्दै जानुहुन्छ, पुस्तकको मूल्य बढ्दै जानेछ । किनकि समयको मूल्य पनि यसैसँग जोडिँदै जानेछ ।' ग्राहकसँग अरू कुनै उपाय थिएन । उनले एक डलरको पुस्तक डेढ डलर दिएर किने ।

समयको मूल्य थप्ने ती मालिक अमेरिकाका बेन्जामिन प्रे+mकलिन थिए, जो पछि प्रख्यात आविष्कारक, राजनीतिज्ञ र दार्शनिक बने ।
(स्रोत : नयाँपत्रिका)

Comments

Popular posts from this blog

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY

आरक्षणको हचुवा निर्णय

(सम्पादकिय कान्तिपुर दैनिक) राष्ट्रपति रामवरण यादवले अध्यादेश जारी गर्दैनन् भन्ने थाहा हुँदाहुँदै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले सम्पूर्ण सरकारी सेवामा आरक्षणको प्रतिशत बढाउने अध्यादेश जारी गर्न सिफारिस गरेको छ । सरकारले यसअघि सिफारिस गरेका १० वटा अध्यादेश र संवैधानिक निकायमा रिक्त पदमा संसदीय सुनुवाइबिना नै नियुक्ति गर्ने व्यवस्था गर्न बाधा अड्काउ फुकाउको आदेश राष्ट्रपतिले जारी नगरी थाँती राखेका छन् । लोकतान्त्रिक मुलुकहरूमा कामचलाउ सरकारले दैनिक प्रशासन चलाउने र निर्वाचन गर्ने प्रयोजनका लागि अत्यावश्यकबाहेक अरू अध्यादेश जारी गर्न नपाउने विश्वव्यापी प्रचलन छ । तर, मन्त्रिपरिषद्ले आफू संवैधानिक रूपमा कामचलाउ सरकार हो भन्ने यथार्थलाई बेवास्ता गरी मुलुकमा दीर्घकालीन प्रभाव पार्ने एकपछि अर्को अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्दै आएको छ । विश्वव्यापी प्रचलन र अन्तरिम संविधानको संरक्षकका नाताले राष्ट्रपतिले सरकारद्वारा सिफारिस गरिएका कुनै पनि अध्यादेश जारी नगरी थाँती राखेको बताइएको छ । यो यथार्थ बुझ्दाबुझ्दै पुनः अध्यादेश जारी गर्न सिफारिस गरेपछि ...

Photo:Hilli Areas of Nepal(नेपालको पहाडी सुन्दरता)