चक्र बास्तोला-'जहाँ स्वतन्त्रता र विधिको शासन छैन, त्यहाँ गान्धी हुन सकिँदैन। नेपालको अवस्था त्यस्तै छ। त्यसैले नेपालमा क्रान्ति आवश्यक छ।'
...
जनमत संग्रहमा पञ्चायतले जित्यो। बिपीले परिणाम स्वीकार गर्नुभयो। हामी मान्नुहुन्न भन्ने पक्षमा थियौं।
'त्यो नमानेको भए रक्तपात हुन्थ्यो, गृहयुद्ध हुन्थ्यो, तर लोकतन्त्र आउँदैनथ्यो। त्यही भएर स्वीकार गरेको हुँ,' उहाँले भन्नुभयो।
बिपी मार्क्सवादी हुनुहुन्थ्यो, पछि डेमोक्रेटिक र सोसलिस्ट हुँदै पछिल्लो समय गान्धीवादी र दिगो विकासका कुरा गर्नुहुन्थ्यो। उहाँको विचारधारामा गतिशीलता देखिन्छ।
एकपटक पुष्पलालसँग कार्यगत एकताको कुरा हुँदा बिपीले भन्नुभयो, 'मेरो पार्टी सरकारमा आए अर्काे विचारधारा बोक्ने पार्टीलाई प्रतिबन्ध लगाउँदैन। तपाईं के गर्नुहुन्छ?'
'म पनि अरूलाई प्रतिबन्ध लगाउँदिनँ,' पुष्पलालले जवाफ दिनुभयो। त्यसपछि बिपीले 'पार्टीमा प्रतिबन्ध लगाउने देशको विरोध गर्नुहुन्छ' भनेर सोध्नुभयो।
पुष्पलालले जवाफ दिन सक्नुभएन।
बिपीले पुष्पलाललाई 'आर्थिक कार्यक्रम लेखेर ल्याउनुहोस्, म 'ब्ल्यांक चेक'मा हस्ताक्षर गर्छु' भन्नुभयो। राजनीतिक कार्यक्रमचाहिँ आफ्नो हुनुपर्ने उहाँको जिकिर थियो।
उहाँले लोकतन्त्रका मूल्यमा कहिल्यै सम्झौता गर्नुभएन। बिपीले भनेको राष्ट्रवाद बेग्लै किसिमको छ। जनताले पञ्चायतकालमा राजासँग राष्ट्रवाद खोजे। राष्ट्रवाद व्यक्तिसँग होइन, विचारसँग जोडिन्छ। जनतालाई निषेध गरेर कुनै पनि व्यवस्था राष्ट्रवादी हुनै सक्दैन भन्ने उहाँको सोच हो।
कांग्रेसमा भएको बौद्धिकताको सुरु र अन्त्य नै बिपी हो। उहाँपछि कांग्रेसलाई त्यो बौद्धिकतामा लैजाने कोही भएन।
बिपीसँग मेरो पहिलो भेट त्यतिबेला भयो, जतिखेर म साहित्य, राजनीति र अर्थशास्त्र अध्ययन गर्दै जीवनलाई कसरी हेर्ने भनेर सोच्दै थिएँ। साहित्य र दर्शनशास्त्र पढदा गान्धीको केही प्रभाव परे पनि अरू नेताले मलाई राजनीतिमा कुनै आकर्षण दिन सकेका थिएनन्।
बिपीलाई भेट्नेबित्तिकै म उहाँसँग काम गर्न लालायित भएँ। उहाँ चिन्तक पनि, राजनीतिज्ञ पनि। उहाँमा आफूतिर आकर्षित गर्ने 'म्याग्नेटिक पर्सनालिटी' थियो। उहाँसँग राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका कुरा भए। निकट सम्बन्ध बन्यो। पछि काम गर्दै जाँदा थाहा भयो, उहाँसँग झगडा गर्न आएका मानिस पनि मित्र बनेर फर्कंदा रहेछन्। उहाँमा अरूलाई 'कन्भिन्स' गर्ने अद्भुत क्षमता थियो।
जेलबाट भर्खर निस्केकाले होला, उहाँ अलिकति व्यवस्थित हुन चाहनुहुन्थ्यो। भन्नुहुन्थ्यो, 'म धेरै अर्गनाइज्ड मान्छे होइन, त्यस्तो भएको भए धेरै लेख लेख्न सक्थेँ।' बिपीका साहित्य सबै जेलमै लेखिएका हुन्। साहित्यमा अराजकतावादी भए पनि राजनीतिमा उहाँ सिद्धान्तनिष्ठ हुनुहुन्थ्यो।
स्नातकोत्तर सकेपछि म बिपीको निर्देशनअनुसार युवा संगठित गर्ने काममा लागेँ। सन् १९६८ को त्यो समय क्रान्ति भनेपछि लडाइँ गर्ने भन्ने थियो। मैले 'गुरिल्ला वार' पढ्न थालेँ। क्रान्तिबारे मेरो बिपीसँग झगडा पर्यो।
'के को क्रान्ति? आतंकवादी गतिविधि केका लागि गर्ने?' बिपीले मलाई सोध्नुभयो।
'पञ्चायतले हाम्रा मान्छे मारिरहेका छन्, त्यसबाट मुक्ति दिलाउन हामीले क्रान्ति गर्नुपर्छ,' म बिपीसँग अहिलेका माओवादीजस्तै कुरा गर्थें। नेपालबाट गएका विद्यार्थीलाई क्रान्तिका विषयमा पढाउँथे। उनीहरूलाई उक्साउँथेँ।
बिपी दिक्क पनि मान्नुहुन्थ्यो।
एकदिन उहाँले भन्नुभयो, 'तिमी र म यो विषयमा कुरा गरौं। कि मलाई कन्भिन्स गराऊ, नभए मैले भनेको मान।'
मैले हुन्छ भनेँ।
'यो आतंकवादी गतिविधि किन गर्ने?' उहाँले भन्नुभयो, 'बन्दुक कुन प्रयोजनका लागि पड्काउने? क्रान्तिको वातावरण बनाउन होइन? त्यसबाट सत्ता कब्जा गर्न सकिन्छ?'
मैले भनेँ, 'सकिन्नँ।'
'मेरो भाषण, साहित्य र अन्तर्वार्ताले सत्ता कब्जाको वातावरण तयार गर्छ,' उहाँले अगाडि भन्नुभयो, 'हामीसँग क्रान्तिका लागि आवश्यक सामग्री र जनशक्ति छैन। मसँग जुन जनशक्ति छ, त्यसलाई म खर्च गर्न चाहन्नँ। आइ डन्ट कन्सिडर यु अ स्पेन्डेबल रिसोर्स। म तिमीलाई बन्दुक बोकाएर मर्न/मार्न पठाउँदिनँ। तिमीसँग मेरो धेरै काम छ। अहिले हामीसँग ननस्पेन्डेबल रिसोर्समात्रै छन्। क्रान्ति गर्ने संरचनै तयार भएको छैन। अहिले क्रान्ति गर्नु हुँदैन।'
लामो कुराकानीमा म हारेँ।

मैले झन्डै दुई/तीन महिना बिपीकहाँ आउजाउ बन्द गरेँ। उहाँ पनि 'चक्रलाई कतै भेट्यौ भने सोधेको छ भन्देऊ' मात्रै भन्नु हुँदो रहेछ।
केही समयपछि बिपीले फेरि बोलाउनुभयो।
२०२८ सालमा बिपीले पञ्चायती शासनविरुद्ध सशस्त्र क्रान्ति आह्वान गर्नुभयो। गान्धी पिस फाउन्डेसनले गरेको 'गान्धी एन्ड द एसियन च्यालेन्ज' शीर्षकको गोष्ठीमा उहाँले भन्नुभयो, 'ब्रिटिसको रुल अफ ल नभएको भए गान्धी, गान्धी हुन सक्दैनथे। शान्तिपूर्ण आन्दोलन चल्दैन थियो। जहाँ स्वतन्त्रता र विधिको शासन छैन, त्यहाँ गान्धी हुन सकिँदैन। हिटलरको राजमा गान्धी, गान्धी हुन सक्दैनथे। हिटलरले मारिदिन्थ्यो। नेपालको अवस्था त्यस्तै छ। त्यसैले नेपालमा क्रान्ति आवश्यक छ।'
शान्तिपूर्ण आन्दोलनको वकालत गर्ने बिपी परिवर्तन हुनुमा भारतीय राजनीतिक वातावरण कारक हो भन्ने लाग्छ।
क्रान्ति आह्वान गरेपछि हतियार र पैसा चाहिने भयो। हामीले विमान अपहरणको योजना बनायौं। हतियार जम्मा गर्न थाल्यौं। यसमा बिपीको प्रत्यक्ष संलग्नता थिएन। गिरिजाबाबुको नेतृत्वमा गरिएको थियो। दुर्गा सुवेदी, वसन्त भट्टराई, नरेन्द्र ढुंगेलले सघाएका थिए। त्यतिबेला हामीलाई भारतीय संस्थापनको पूर्ण समर्थन थिएन। हामीलाई 'एग्रेसिभ्ली' रोक्ने मनसाय पनि थिएन।
विमान अपहरणपछि पनि हामी हतियार संकलनमा लागिरह्यौं। त्यसबेला जयप्रकाश नारायणलाई बंगलादेशका आन्दोलनकारीले हतियार सहयोग मागेछन्। उनी क्रान्तिकारी नेता भएकाले 'सम्पर्कमा कोही छ भने हतियार उपलब्ध गराउन' बंगलादेशीले भनेका रहेछन्।
जयप्रकाशले बंगलादेशी आन्दोलनकारीलाई सहयोग गर्नुपर्यो भनेर बिपीलाई भनेछन्। बिपीले 'के-कति हतियार छ, कति सहयोग गर्न सकिन्छ' भनेर मलाई सोध्नुभयो। त्यतिखेर हतियार जोहो गर्ने मै थिएँ।
मैले भनेँ, 'हाम्रो तत्काल केही गर्ने योजना नभएकाले हतियार सहयोग गर्न सकिन्छ।'
हाम्रा हतियार केही वनारस, केही फारबेसगन्ज र केही पटनामा थिए। करिब तीन सय राइफल बोकेर म, सुधीर उपाध्याय र कर्णेल डिबी राई हतियार पुर्याउन बंगलादेश गयौं। सीमामा हामीलाई लिन मुक्ति वाहिनीका प्रतिनिधि आएका थिए। राति दुई बजे वाहिनीको अड्डामा पुग्यौं। हामीसँग भएका हतियार उपहारस्वरुप दियौं।
भोलिपल्ट बिहान हामी लडाइँ भइरहेको ठाउँ हेर्न गयौं। त्यो बंगलादेश सरकारलाई निर्वासित घोषणा गरेको दिन थियो। हामी गाउँको सभामा सहभागी भयौं। पाकिस्तानी सेना आएको भन्दै हामीलाई चाँडै फर्काइयो। किसनगन्ज (नेपाल-भारत-बंगलादेशनजिकको विन्दु) आइपुग्दा अल इन्डिया रेडियोले हामी पुगेको ठाउँलाई पाकिस्तानी सेनाले 'टेकओभर' गरेको समाचार दियो। हामीले बिपीलाई सबै बतायौं।
विमान अपहरणकान्डमा पछि हामी जेल पर्यौं। म सन् १९७७ अक्टोबरमा जेलबाट छुट्दा बिपी नेपाल फर्कने 'मुड'मा हुनुहुन्थ्यो। किन फर्कन लाग्नुभएको भन्दा बिपीले भन्नुभयो, 'रानी मान्नुभन्दा त राजा नै मान्छु।' उहाँको भनाइ इन्दिरा गान्धीतर्फ लक्षित थियो।
त्यसबेला इन्दिराले भारतमा संकटकाल लगाएकी थिइन्। भारतीय लोकतन्त्रमाथि प्रश्नचिह्न लागेको थियो। उनले जयप्रकाश र चन्द्रशेखरलाई समेत जेल हालेकी थिइन्, जो बिपीका असल मित्र थिए।
उहाँमाथि नेपाल-भारत सम्बन्ध बिगारेको आरोप पनि लाग्न थालेको थियो। इन्दिरासँग पहिला त बिपीको राम्रै सम्बन्ध थियो। उनी बिपीलाई सम्मान गर्थिन्। जयप्रकाशसँग सम्बन्ध बिग्रिएपछि बिपीसँग पनि बिग्रियो।
संकटकाल लागेपछि भारतीयले कडाइ गर्दै लगे। सीमाभन्दा ५० माइल टाढा बस्नुपर्ने नियम बनाए।
हुँदाहुँदा बिपी आफैं असुरक्षित महसुस गर्न थाल्नुभयो।
दक्षिण एसियामै परिवर्तन हुन लागेको त्यो समय जेलमा बस्नुपरे पनि नेपालै फर्कनुपर्छ भन्ने बिपीको मान्यता थियो। त्यसैले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर फर्कनुभो। त्यसअघि तीन महिना हामीले बिपीसहितको टोली बनाएर सीमापारिबाट मेची-महाकाली भ्रमण गरेका थियौं। साथीहरूलाई उतै बोलाउँथ्यौ। बिपीले आफू नेपाल फर्कनुको कारण प्रष्ट्याउनुहुन्थ्यो।
राष्ट्रिय मेलमिलापको नीति लिएर फर्केपछि धेरैले बिपीलाई दरबारसँग मिलेको टिप्पणी गरे। तर, उहाँमा राजालाई लोकतन्त्रमा रूपान्तरण गराउनुपर्छ भन्ने सोच थियो। राष्ट्रिय मेलमिलाप भनेको लोकतन्त्र नदिने राजा र लोकतन्त्रका लागि संघर्षरत् जनताबीचको मिलन हो। त्यसको मिलनविन्दु लोकतन्त्र हो। तर, धेरैले यसलाई 'बिपीको समर्पण' भन्दै व्याख्या गरे।
बिपी भन्नुहुन्थ्यो, 'राजा र हाम्रो स्वार्थ एउटै छ। राजालाई राज्य गर्न देश चाहिन्छ, हामीलाई पनि लोकतन्त्र ल्याउन देश चाहिन्छ। देश नै हाम्रो साझा स्वार्थ हो।'
बिपीले राजालाई लोकतन्त्रमा आउन आह्वान गरे। राजाले पनि बिपीलाई पञ्चायतमा मिलाउने योजना बनाए।
दुवै सफल भएनन्।
जनमतसंग्रह घोषणा भयो। बिपी फर्किए पनि हामी मुद्दा लागेका भारतमै थियौं। जनमतसंग्रहमा आममाफी दिएपछि सात दिनअघि हामी फर्क्यौं। मलाई पछिसम्म मुद्दा थियो। २०४६ सालपछि मलाई भारतका लागि राजदूत नियुक्ति गर्दा त्यही मुद्दाका कारण 'एग्रिमो' पठाउन ढिलाइ भएको थियो। गिरिजाबाबुले 'अपहरणको नाइके म प्रधानमन्त्री भइसकेँ, चक्रलाई केको मुद्दा?' भनेर फिर्ता गर्न लगाउनुभयो। त्यसपछि मात्रै म राजदूत भएँ।
केही समयपछि बिपीले फेरि बोलाउनुभयो।
२०२८ सालमा बिपीले पञ्चायती शासनविरुद्ध सशस्त्र क्रान्ति आह्वान गर्नुभयो। गान्धी पिस फाउन्डेसनले गरेको 'गान्धी एन्ड द एसियन च्यालेन्ज' शीर्षकको गोष्ठीमा उहाँले भन्नुभयो, 'ब्रिटिसको रुल अफ ल नभएको भए गान्धी, गान्धी हुन सक्दैनथे। शान्तिपूर्ण आन्दोलन चल्दैन थियो। जहाँ स्वतन्त्रता र विधिको शासन छैन, त्यहाँ गान्धी हुन सकिँदैन। हिटलरको राजमा गान्धी, गान्धी हुन सक्दैनथे। हिटलरले मारिदिन्थ्यो। नेपालको अवस्था त्यस्तै छ। त्यसैले नेपालमा क्रान्ति आवश्यक छ।'
शान्तिपूर्ण आन्दोलनको वकालत गर्ने बिपी परिवर्तन हुनुमा भारतीय राजनीतिक वातावरण कारक हो भन्ने लाग्छ।
क्रान्ति आह्वान गरेपछि हतियार र पैसा चाहिने भयो। हामीले विमान अपहरणको योजना बनायौं। हतियार जम्मा गर्न थाल्यौं। यसमा बिपीको प्रत्यक्ष संलग्नता थिएन। गिरिजाबाबुको नेतृत्वमा गरिएको थियो। दुर्गा सुवेदी, वसन्त भट्टराई, नरेन्द्र ढुंगेलले सघाएका थिए। त्यतिबेला हामीलाई भारतीय संस्थापनको पूर्ण समर्थन थिएन। हामीलाई 'एग्रेसिभ्ली' रोक्ने मनसाय पनि थिएन।
विमान अपहरणपछि पनि हामी हतियार संकलनमा लागिरह्यौं। त्यसबेला जयप्रकाश नारायणलाई बंगलादेशका आन्दोलनकारीले हतियार सहयोग मागेछन्। उनी क्रान्तिकारी नेता भएकाले 'सम्पर्कमा कोही छ भने हतियार उपलब्ध गराउन' बंगलादेशीले भनेका रहेछन्।
जयप्रकाशले बंगलादेशी आन्दोलनकारीलाई सहयोग गर्नुपर्यो भनेर बिपीलाई भनेछन्। बिपीले 'के-कति हतियार छ, कति सहयोग गर्न सकिन्छ' भनेर मलाई सोध्नुभयो। त्यतिखेर हतियार जोहो गर्ने मै थिएँ।
मैले भनेँ, 'हाम्रो तत्काल केही गर्ने योजना नभएकाले हतियार सहयोग गर्न सकिन्छ।'
हाम्रा हतियार केही वनारस, केही फारबेसगन्ज र केही पटनामा थिए। करिब तीन सय राइफल बोकेर म, सुधीर उपाध्याय र कर्णेल डिबी राई हतियार पुर्याउन बंगलादेश गयौं। सीमामा हामीलाई लिन मुक्ति वाहिनीका प्रतिनिधि आएका थिए। राति दुई बजे वाहिनीको अड्डामा पुग्यौं। हामीसँग भएका हतियार उपहारस्वरुप दियौं।
भोलिपल्ट बिहान हामी लडाइँ भइरहेको ठाउँ हेर्न गयौं। त्यो बंगलादेश सरकारलाई निर्वासित घोषणा गरेको दिन थियो। हामी गाउँको सभामा सहभागी भयौं। पाकिस्तानी सेना आएको भन्दै हामीलाई चाँडै फर्काइयो। किसनगन्ज (नेपाल-भारत-बंगलादेशनजिकको विन्दु) आइपुग्दा अल इन्डिया रेडियोले हामी पुगेको ठाउँलाई पाकिस्तानी सेनाले 'टेकओभर' गरेको समाचार दियो। हामीले बिपीलाई सबै बतायौं।
विमान अपहरणकान्डमा पछि हामी जेल पर्यौं। म सन् १९७७ अक्टोबरमा जेलबाट छुट्दा बिपी नेपाल फर्कने 'मुड'मा हुनुहुन्थ्यो। किन फर्कन लाग्नुभएको भन्दा बिपीले भन्नुभयो, 'रानी मान्नुभन्दा त राजा नै मान्छु।' उहाँको भनाइ इन्दिरा गान्धीतर्फ लक्षित थियो।
त्यसबेला इन्दिराले भारतमा संकटकाल लगाएकी थिइन्। भारतीय लोकतन्त्रमाथि प्रश्नचिह्न लागेको थियो। उनले जयप्रकाश र चन्द्रशेखरलाई समेत जेल हालेकी थिइन्, जो बिपीका असल मित्र थिए।
उहाँमाथि नेपाल-भारत सम्बन्ध बिगारेको आरोप पनि लाग्न थालेको थियो। इन्दिरासँग पहिला त बिपीको राम्रै सम्बन्ध थियो। उनी बिपीलाई सम्मान गर्थिन्। जयप्रकाशसँग सम्बन्ध बिग्रिएपछि बिपीसँग पनि बिग्रियो।
संकटकाल लागेपछि भारतीयले कडाइ गर्दै लगे। सीमाभन्दा ५० माइल टाढा बस्नुपर्ने नियम बनाए।
हुँदाहुँदा बिपी आफैं असुरक्षित महसुस गर्न थाल्नुभयो।
दक्षिण एसियामै परिवर्तन हुन लागेको त्यो समय जेलमा बस्नुपरे पनि नेपालै फर्कनुपर्छ भन्ने बिपीको मान्यता थियो। त्यसैले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर फर्कनुभो। त्यसअघि तीन महिना हामीले बिपीसहितको टोली बनाएर सीमापारिबाट मेची-महाकाली भ्रमण गरेका थियौं। साथीहरूलाई उतै बोलाउँथ्यौ। बिपीले आफू नेपाल फर्कनुको कारण प्रष्ट्याउनुहुन्थ्यो।
राष्ट्रिय मेलमिलापको नीति लिएर फर्केपछि धेरैले बिपीलाई दरबारसँग मिलेको टिप्पणी गरे। तर, उहाँमा राजालाई लोकतन्त्रमा रूपान्तरण गराउनुपर्छ भन्ने सोच थियो। राष्ट्रिय मेलमिलाप भनेको लोकतन्त्र नदिने राजा र लोकतन्त्रका लागि संघर्षरत् जनताबीचको मिलन हो। त्यसको मिलनविन्दु लोकतन्त्र हो। तर, धेरैले यसलाई 'बिपीको समर्पण' भन्दै व्याख्या गरे।
बिपी भन्नुहुन्थ्यो, 'राजा र हाम्रो स्वार्थ एउटै छ। राजालाई राज्य गर्न देश चाहिन्छ, हामीलाई पनि लोकतन्त्र ल्याउन देश चाहिन्छ। देश नै हाम्रो साझा स्वार्थ हो।'
बिपीले राजालाई लोकतन्त्रमा आउन आह्वान गरे। राजाले पनि बिपीलाई पञ्चायतमा मिलाउने योजना बनाए।
दुवै सफल भएनन्।
जनमतसंग्रह घोषणा भयो। बिपी फर्किए पनि हामी मुद्दा लागेका भारतमै थियौं। जनमतसंग्रहमा आममाफी दिएपछि सात दिनअघि हामी फर्क्यौं। मलाई पछिसम्म मुद्दा थियो। २०४६ सालपछि मलाई भारतका लागि राजदूत नियुक्ति गर्दा त्यही मुद्दाका कारण 'एग्रिमो' पठाउन ढिलाइ भएको थियो। गिरिजाबाबुले 'अपहरणको नाइके म प्रधानमन्त्री भइसकेँ, चक्रलाई केको मुद्दा?' भनेर फिर्ता गर्न लगाउनुभयो। त्यसपछि मात्रै म राजदूत भएँ।
...
जनमत संग्रहमा पञ्चायतले जित्यो। बिपीले परिणाम स्वीकार गर्नुभयो। हामी मान्नुहुन्न भन्ने पक्षमा थियौं।
'त्यो नमानेको भए रक्तपात हुन्थ्यो, गृहयुद्ध हुन्थ्यो, तर लोकतन्त्र आउँदैनथ्यो। त्यही भएर स्वीकार गरेको हुँ,' उहाँले भन्नुभयो।
बिपी मार्क्सवादी हुनुहुन्थ्यो, पछि डेमोक्रेटिक र सोसलिस्ट हुँदै पछिल्लो समय गान्धीवादी र दिगो विकासका कुरा गर्नुहुन्थ्यो। उहाँको विचारधारामा गतिशीलता देखिन्छ।
एकपटक पुष्पलालसँग कार्यगत एकताको कुरा हुँदा बिपीले भन्नुभयो, 'मेरो पार्टी सरकारमा आए अर्काे विचारधारा बोक्ने पार्टीलाई प्रतिबन्ध लगाउँदैन। तपाईं के गर्नुहुन्छ?'
'म पनि अरूलाई प्रतिबन्ध लगाउँदिनँ,' पुष्पलालले जवाफ दिनुभयो। त्यसपछि बिपीले 'पार्टीमा प्रतिबन्ध लगाउने देशको विरोध गर्नुहुन्छ' भनेर सोध्नुभयो।
पुष्पलालले जवाफ दिन सक्नुभएन।
बिपीले पुष्पलाललाई 'आर्थिक कार्यक्रम लेखेर ल्याउनुहोस्, म 'ब्ल्यांक चेक'मा हस्ताक्षर गर्छु' भन्नुभयो। राजनीतिक कार्यक्रमचाहिँ आफ्नो हुनुपर्ने उहाँको जिकिर थियो।
उहाँले लोकतन्त्रका मूल्यमा कहिल्यै सम्झौता गर्नुभएन। बिपीले भनेको राष्ट्रवाद बेग्लै किसिमको छ। जनताले पञ्चायतकालमा राजासँग राष्ट्रवाद खोजे। राष्ट्रवाद व्यक्तिसँग होइन, विचारसँग जोडिन्छ। जनतालाई निषेध गरेर कुनै पनि व्यवस्था राष्ट्रवादी हुनै सक्दैन भन्ने उहाँको सोच हो।
कांग्रेसमा भएको बौद्धिकताको सुरु र अन्त्य नै बिपी हो। उहाँपछि कांग्रेसलाई त्यो बौद्धिकतामा लैजाने कोही भएन।
Comments
Post a Comment
Comment us and help for make it better!!