Skip to main content

८२ वर्षको उमेरमा तेस्रो बिहे !

८२ वर्षे बयोवृद्धको इच्छा र दिनचर्या के होला? तीर्थव्रत, मन्दिर धाउने, भजन गाउने अथवा नातिपनाति खेलाउने। तर भक्तपुर, लोकन्थलीका कर्णबहादुर कार्कीले भने आइतबार आफूभन्दा झण्डै ४८ वर्षले कान्छी यशोदा खड्कासँग बिहे गरेका छन्। बेहुला कार्की जग्गेमा बसिरहँदा उनका नाति आवश्यक सरसामानको जोहो गर्न व्यस्त थिए। 



आफ्नै घरको छतमा आइतबार बिहान स्वयंवर गरेका कर्णबहादुरका ४ छोरा र ५ छोरी, १७ नाति-नातिना र ११ पनाति-पनातिना छन् भने पनाति नै कक्षा १२ मा पढ्छन्। बेहुलाको पुर्ख्यौली संखुवासभा चैनपुर हो भने, बेहुलीपनि चैनपुरकै हुन्। कर्णबहादुरको यो तेस्रो बिहे थियो भने खड्काको पहिलो।

१३ वर्षकै उमेरमा कर्णबहादुरले १९९९ सालमा पहिलो बिहे गरेका थिए भने २०१० सालमा दोस्रो। उनको पहिलो श्रीमतीको २०१६ र दोस्री श्रीमतीको गत वर्ष निधन भएको थियो। कर्णबहादुरका दुई छोराको समेत मृत्यु भइसकेको छ।

'के गर्नु पत्रकारबाबु, आ-आफ्नो लेखान्त हुँदोरहेछ,' अलि गम्भीर हुँदै बेहुला कर्णबहादुरले नागरिकसँग भने, 'गत साल दैवले श्रीमती पनि खोसे।'

दोश्री श्रीमतीको निधनपछि एक्लो महसुस गरेको बताउने कर्णबहादुरले बिहे गर्ने इचता भए पनि उमेर र समाजका कारण मन मारेर बसेको बताए। बेहुली यशोदा भने सानैमा आमाको मृत्युभएपछि भाइहरू हुर्काएर बसेकी थिइन्। दुवै भाइको बिहे भइसके पनि उनले बिहेबारे सोचेकी थिइनन्।

बेहुलीका पिता र बेहुला मित्र हुन्, उनीहरूबीच टाढाको नातासमेत पर्दथ्यो। बेहुली कर्णबहादुरलाई 'बडा बा' भनेर सम्बोधन गर्थिन्। बेहुलीका पिता 'आफ्नो पहिलो बिहेमा पनि जन्ती गएको' उनले बताए।

बेहुलीका पिता उपचार गर्न काठमाडौं आएपछि कर्णबहादुर उनलाई भेट्न गएका थिए। त्यसैबेला यशोदाको हात मागेको उनले बताए। छोरीको भविष्य सोचेर हो वा मित्रको दुःख देखेर हो उनले निर्णय गर्ने अधिकार छोरी यशोदालाई नै छाडिदिए।

सुरुमा अक्क न बक्क परेर प्रस्ताव अस्वीकार गरे पनि आफन्त र साथीहरूले बिहेका लागि हौस्याएको यशोदाले बताइन्। गत मंसिरमै बिहेको कुरा पक्क भए पनि दोस्री श्रीमतीको वार्षिकी नफुकाएकाले ढिलो हुँदै अक्षय तृतीयाको साइत जुरेको कार्कीका आफन्तले बताए।

पण्डितले पाँच घन्टा लगाएर बिहे सक्नै लाग्दा बेहुला कर्णबहादुर 'बेहुलीको कन्यादान भएकै छैन नि' भन्दै थिए। बिहेको सरसामान किन्न कर्णबहादुर आफैं सक्रिय रहेको उनका आफन्तहरूले बताए। उनको बिहेमा आफन्त मात्र होइन, रमितेहरू पनि थिए। तर बेहुला कर्णबहादुर जो कोहीलाई पनि प्रसाद नखाई नजान भन्दै थिए।

एक्लोपनको महसुस गरी साथीको खोजीमा बिहे गरेको बताए भने बेहुलीले आफन्तको आग्रहलाई अस्वीकार गर्न नसकेको जानकारी दिइन्। बिहेपछिको योजनाबारे दुवैले केही बताउन नचाहे पनि कर्णबहादुरले छोराको रहर व्यक्त गरे। 'छोरा मान्छेको ९० वर्षसम्म सन्तान हुन्छ भन्छन्, म त बल्ल ८२ त हो नि,' उनले जोस्सिँदै भने, 'अब छोरा पाइयो भने पाँच छोरी र पाँच छोरा बराबर हुन्छन्।'

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय

(सम्पादकिय कान्तिपुर दैनिक) राष्ट्रपति रामवरण यादवले अध्यादेश जारी गर्दैनन् भन्ने थाहा हुँदाहुँदै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले सम्पूर्ण सरकारी सेवामा आरक्षणको प्रतिशत बढाउने अध्यादेश जारी गर्न सिफारिस गरेको छ । सरकारले यसअघि सिफारिस गरेका १० वटा अध्यादेश र संवैधानिक निकायमा रिक्त पदमा संसदीय सुनुवाइबिना नै नियुक्ति गर्ने व्यवस्था गर्न बाधा अड्काउ फुकाउको आदेश राष्ट्रपतिले जारी नगरी थाँती राखेका छन् । लोकतान्त्रिक मुलुकहरूमा कामचलाउ सरकारले दैनिक प्रशासन चलाउने र निर्वाचन गर्ने प्रयोजनका लागि अत्यावश्यकबाहेक अरू अध्यादेश जारी गर्न नपाउने विश्वव्यापी प्रचलन छ । तर, मन्त्रिपरिषद्ले आफू संवैधानिक रूपमा कामचलाउ सरकार हो भन्ने यथार्थलाई बेवास्ता गरी मुलुकमा दीर्घकालीन प्रभाव पार्ने एकपछि अर्को अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्दै आएको छ । विश्वव्यापी प्रचलन र अन्तरिम संविधानको संरक्षकका नाताले राष्ट्रपतिले सरकारद्वारा सिफारिस गरिएका कुनै पनि अध्यादेश जारी नगरी थाँती राखेको बताइएको छ । यो यथार्थ बुझ्दाबुझ्दै पुनः अध्यादेश जारी गर्न सिफारिस गरेपछि ...

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY

HAPPY NEW YEAR "2068"

  New year is the time to unfold  new horizons  and realize new dreams, to rediscover the strength and faith within you rejoice in simple pleasure and gear up for the new challenges.  WISING YOU ALL VERY FULFILLING NEW YEAR 2068.