युनिटीबाट कर्मचारी हटाइए, प्रहरीद्वारा सबै कार्यालय नियन्त्रणमा

नेटवर्कमार्फत् ठगी गरेको आरोपमा सुरक्षाकर्मीले युनिटीका सबै कार्यालय नियन्त्रणमा लिएको छ। त्यहाँ उसले राखेका कर्मचारी हटाएर सुरक्षाकर्मी तैनाथ गरिएको छ। कतिपय स्थानमा यसो गर्ने क्रम जारी छ। यसअघि युनिटीको बैंक खाता रोक्का गर्न अर्थ मन्त्रालयले मातहतका निकायहरुलाई निर्देशन दिएको थियो। कम्पनीको मुलकभर रहेका सम्पत्तिमा समेत रोक लगाउन मन्त्रालयले निर्देशन गरेको छ।  यसअघि गृह मन्त्रालयले युनिटीका संचालकहरुलाई पक्राउ गर्न प्रशासनलाई निर्देशन दिइसकेको छ। अर्थ मन्त्रालयले युनिटीको नाममा रहेका सवारी साधनको बिक्री वितरणमा रोक लगाउनुका साथै यसका ११ जना निर्देशकहरुलाई विदेश जान रोक लगाएको छ। युनिटीले ६ लाख ५० हजार भन्दा बढी ग्राहक बनाएर कानुन नै नभएको नेटवर्क व्यवसाय गर्दै आएको छ।
युनिटीको चल अचल सबै सम्पत्ती रोक्का गर्न मन्त्रालयले मालपोत कार्यालय, नेपाल राष्ट्र बैंक, यातायात व्यवस्था विभाग र अध्यागमन कार्यालयमा पत्राचार गरेको छ।


विष्णु बहादुर क्षेत्री जसलाई विदेश जान रोक लगाइएको छ।
नागरिक न्युज बाट

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय