चौधरी समूहको नयाँ उत्पादन जोस चुरोटमाथि श्रृंखलाबद्ध षड्यन्त्र भइरहेको भन्दै समूहले आपत्ति जनाएको छ । समूहअन्तर्गतको पर्फेक्ट्स ब्लेन्ड्स नेपालद्वारा उत्पादित जोस चुरोटका विरुद्ध प्रतिस्पर्धी कम्पनीहरूद्वारा असान्दर्भिक तथा अनर्गल प्रचारप्रसार भइरहेको कम्पनीले दावी गरेको छ ।
चुरोटलाई बदनाम गराउन बजारबाट एकैपटक खरिद गरी लुकाउने, विक्रेताहरूलाई डर–त्रास देखाउने तथा जोस चुरोटअंकित वाल पेन्टिङ बिगार्नेजस्ता क्रियाकलापहरू भइरहेको भन्दै कम्पनीले खेद प्रकट गरेको छ । “नेपाली बजारमा शुपथ मूल्यमा गुणस्तरीय चुरोट उपलब्ध गराउने हाम्रो उद्देश्य र उपभोक्ताहरूको चुरोट रोज्न पाउने अधिकारलाई कसैले रोक्न मिल्दैन”, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
कम्पनीले यस्तो अस्वस्थ प्रतिस्पर्धाको कडा प्रतिवाद गर्ने र त्यस्ता प्रतिस्पर्धीहरूबाट सञ्चालित अनैतिक तथा अव्यावसायिक गतिविधिहरूको कानुनी उपचार खोज्न तयारी भइसकेको जनाएको छ ।

Comments
Post a Comment
Comment us and help for make it better!!