गत वर्षको जुन महिनादेखि बढ्न थालेको पर्यटक आगमन यो फेब्रुअरीमा अझ उकालो चढेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अनुसार यसपालिको आगमन २००९ को फेब्रुअरीभन्दा ३३ प्रतिशत बढी छ । त्यतिबेला २५ हजार १ सय ८१ पर्यटक आएकामा यसपालि बढेर ३३ हजार ४ सय ९२ पुगेका छन् ।
केही समय मुलुक स्थिर अवस्थामा रहेकाले पर्यटक आगमन बढेको हुन सक्ने पर्यटन व्यवसायीको अनुमान छ । 'पर्यटन वर्ष, २०११ का लागि गरिएका प्रवर्द्धनात्मक कार्यक्रमले पनि थप सघाउ पुगेको हो,' नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्सिज -नाटा) का पूर्वअध्यक्ष रामकाजी कोनेले भने, 'थोरै प्रयासले ठूलो उपलब्धि भएको छ ।' उनका अनुसार यस्तै अनुपातमा आगमन संख्या बढ्दै गए २०११ को लक्ष्य भेट्न गाह्रो हुने छैन ।
नेपाल आएका पर्यटकमा राम्रो वृद्धिदर चिनियाँमा देखिएको छ । २००९ को फेब्रुअरीमा चिनियाँहरू १ हजार २ सय जना मात्र आएकामा यसपालि ४ हजार १ सय १० जना आए । यो
महिनाको कुल आगमनमा चीनले मात्र १२.३ प्रतिशत योगदान पुर्याएको छ ।
गत वर्षको तुलनामा यस वर्ष घुम्नकै लागि नभए पनि विभिन्न व्यावसायिक उद्देश्यले आउने चिनियाँका कारण संख्या बढी देखिएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले बताए । 'अहिले नेपालको विकासमूलक कार्यक्रममा सहकार्य गर्न उनीहरू इच्छुक देखिएका छन्,' उनले भने, 'हवाई कम्पनी थप हुनु अर्को कारण हो ।' त्यस्तै फेब्रुअरीमा चिनियाँ नयाँ वर्षसमेत परेकाले उनीहरूको संख्या बढेको व्यवसायीहरू बताउँछन् ।
सन् २०१० को दुई महिनामा चीनबाट ५ हजार ८ सय ९३ पर्यटक आएका छन् । गत वर्षको सोही अवधिमा यो संख्या ३ हजार ३ सय ८२ थियो । त्यही सबैभन्दा बढी योगदान पुर्याउने मुलुक भारतबाट आउनेको संख्यामा भने केही मात्र वृद्धि भएको छ ।
गत वर्ष ६ हजार ५० पर्यटकको स्वागत गर्न पाएका पर्यटन व्यवसायीले यसपालि त्यसमा १ सय ६ जना मात्र थपिए । यहाँ आउने भारतीय पर्यटकको संख्या उल्लेख्य वृद्धि हुन नसक्नुको कारण युरोपियन मुलुकका सस्ता प्याकेज हुन् । त्यस्तै हवाई भाडादर महँगो हुनुले पनि प्रभाव पारेको कोनेले बताए ।
त्यस्तै जापान र बंगलादेशका पर्यटक क्रमशः ६.१ र ४.२ प्रतिशतले बढेका छन् । यी मुलुकबाट आउनेको संख्या २ हजार ४५ र १ हजार ४ सय २१ रहेको छ । सार्क क्षेत्रका पाकिस्तान र श्रीलंकाबाट पनि बढी पर्यटक आएको अध्यागमनको तथ्यांकमा छ । अन्य एसियाली मुलुकमध्ये दक्षिण कोरियाबाट करिब १ हजार ३ सय पर्यटक आएका छन् । यो गत वर्षभन्दा २१ प्रतिशत बढी हो । थाइल्यान्डबाहेक सबै देशका पर्यटक बढेपछि एसियाली मुलुकको कुल वृद्धिदर ६९.५ प्रतिशत रहेको छ ।
युरोपेली मुलुकमा नर्वे, रुस, स्विट्जरल्यान्ड, स्पेन र स्विडेनका पर्यटक घटे पनि कुल संख्यामा नकारात्मक प्रभाव परेको छैन । प|mान्स र जर्मनीलगायत अन्य मुलुकका पर्यटक भने बढेका
छन् । यसपालि प|mान्सबाट १ हजार ६ सय ५९ र जर्मनीबाट १ हजार १ सय ९८ पर्यटक आएका छन् ।
यो गत वर्षको यही महिनाको तुलनामा क्रमशः ४६.८ र १२.४ प्रतिशत बढी हो । यी मुलुकसहित युरोपबाट आउने कुल पर्यटकको वृद्धिदर २०.६ प्रतिशत छ । त्यस्तै अमेरिकाबाट ५३.२ प्रतिशत बढी पाहुना भित्रिएका छन् । क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डका पर्यटक पनि क्रमशः २०.५, २६.९ र २४६.६ प्रतिशतले बढेका छन् ।

Comments
Post a Comment
Comment us and help for make it better!!