अब आशा सेयरमा:- From Kantipur
घरजग्गा व्यवसायमा अनिश्चितता छाएको र सेयर बजार ओरालो लागिरहेकाले लगानीको अवसर नपाएका लागि खुसीको खबर । आगामी दुई महिनाभित्र प्राथमिक निष्कासनमार्फत १ अर्ब ६० करोड रुपैयाँको साधारण सेयर बजारमा आउने निश्चित भएको छ । दोस्रो बजारमा भन्दा प्राथमिक निष्कासनमा लगानी गर्न अनुभव नभएकालाई कम जोखिम हुने विश्लेषक बताउँछन् ।
विगत दुई साताभित्र छवटा वित्तीय संस्थाले १ अर्ब ५९ करोडको सेयर निष्कासन गर्ने अनुमति पाएका छन् । अघिल्लो महिना ३० करोड रुपैयाँको मात्र अनुमति दिइएको थियो ।
पछिल्लोपटक अनुमति पाउने कम्पनीमा सूर्या र प्राइम लाइफ इन्स्योरेन्स छन् । यी दुवै कम्पनीले बिहीबार १० करोड ८० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्न अनुमति पाएका हुन् ।
यसको एक दिनअघि धितोपत्र बोर्डले हालसम्मकै सबैभन्दा ठूलो सेयर निष्कासनका रूपमा कृषि विकास बैंकलाई अनुमति दिएको थियो । कृषि विकास बैंकले ९६ करोड रुपैयाँको सेयर निष्कासन गर्दै छ । यसै दिन गौरीशंकर विकास बैंकले पनि निष्कासन अनुमति पाएको थियो । विकास बैंकको ६ करोड रुपैयाँको सेयर बजारमा आउँदै छ ।
मनकामना विकास बैंकले ३० करोड र यती फाइनान्सले ६ करोड २५ लाख रुपैयाँको साधारण सेयर खरिद गर्ने अनुमति अघिल्लो साता पाएका छन् । सूर्या लाइफ इन्स्योरेन्सको बिक्री प्रबन्धक एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलका अनुसार दुई साताभित्र सबै प्रक्रिया पूरा गरेर बिक्रीबारे जानकारी दिइसकिनेछ ।
धेरै कम्पनीको सेयर एकैपटक बजारमा आउन लागेकाले छलफल गरी अघि बढ्नुपर्ने एस डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डे बताउँछन् । एसले कृषि विकास बैंक र गौरीशंकरको सेयर बिक्री गर्दै छन् ।
तरलता अभावलाई प्राथमिक निष्कासनबाट आउने पैसाले सहयोग गर्न सक्ने नेपाल बैंकर्स संघका अध्यक्ष ससिन जोशी बताउँछन् । 'एक तिहाइदेखि आधा पैसा बैंकिङ प्रणाली बाहिरबाट थपिन सक्ने देखिन्छ,' उनले भने, 'प्रणालीभित्रको पैसा त एक ठाउँबाट अर्कोमा मात्र जाने हो ।'
धितोपत्र निष्कासन निर्देशिकाअनुसार 'बोर्डबाट विवरणपत्र, बिक्री प्रस्ताव वा सम्बन्धित विवरण स्वीकृत भएको मितिबाट दुई महिनाभित्र संगठित संस्थाले धितोपत्रको बिक्री खुला गरिसक्नुपर्नेछ ।' तर एकैपटक धेरै सेयर निष्कासन हुने अवस्था आउन नदिन सतर्क रहनुपर्ने पनि निर्देशिकाले उल्लेख गरेको छ ।
तोकिएको समयमा कुनै कारण सेयर निष्कासन गर्न नसकिए 'उक्त अवधिमा संगठित संस्थाको प्राविधिक, वित्तीय र व्यवस्थापन पक्षहरूको पुनरावलोकन गरी कुनै परिवर्तन भएको भए त्यस्तो परिवर्तन भएको कुरा उल्लेख गरी तयार गरिएको संशोधित विवरणपत्र बोर्डबाट स्वीकृत गराएर मात्र निष्कासन खुला गर्नर्' सकिने निर्देशिकामा उल्लेख गरिएको छ ।

Comments
Post a Comment
Comment us and help for make it better!!