'फन बाइकिङ सिरिज' अन्तर्गत स्याकार कम्पनीले नेपालमा होन्डाको नयाँ बाइक होन्डा हर्नेटको बिक्री सुरु गरेको छ ।
यसअघि अटो एक्स्पोका बेला यो बाइक सार्वजनिक गरिए पनि बिक्रीका लागि राखिएको थिएन । सोमबार आयोजित पत्रकार सम्मेलनमा ज्योति समूहका निर्देशक सौरभ ज्योतिले अन्तर्राष्ट्रियस्तरको बाइक नेपाली ग्राहकलाई दिने उद्देश्यले हर्नेट नेपाल भित्र्याइएको बताए । इटालियन मोडलको यो बाइकमा यात्राको मज्जा लिन ग्राहकले १४ लाख रुपैयाँ तिर्नुपर्नेछ । कम्पनीले यो वर्षभित्र २० वटा हर्नेट बिक्री गर्ने लक्ष्य राखेको छ ।
प्रतिघन्टा २५ देखि ३० किलोमिटर माइलेज दिने हर्नेटमा उन्नाइस लिटरको ट्यांकी छ, जसमध्ये ४ लिटर रिजर्भमा रहनेछ । त्यस्तै चोरीबाट जोगाउन यसको चाबिमा कम्प्युटर 'चिप' प्रयोग गरिएको छ ।
चिपका कारण बाइकमा अरू चाबी प्रयोग गर्न सकिँदैन । ६ सय सिसिको यो बाइक बजारमा नीलो, पहेंलो, हरियो, कालोलगायत सात रङमा उपलब्ध छ ।

Comments
Post a Comment
Comment us and help for make it better!!