Skip to main content

कांग्रेस उपसभापति सिंहलाई हातपात/तरुण दलका कार्यकर्ता अनसनमा

कांग्रेस उपसभापति तथा पार्टीको विवाद समाधान समितिका संयोजक प्रकाशमान सिंहलाई ओखलढुङ्गा र संखुवासभाका असन्तुष्ट कार्यकर्ताहरुले बुधबार हातपात गरेका छन् । ओखलढुङ्गाका असन्तुष्ट कांग्रेस कार्याकर्ताहरुले उनलाई केन्द्रीय समितिको बैठकका लागि सानेपास्थित पार्टी मुख्यालय पुगेका बेला हातपात गरेका हुन् ।
हातपात गरिएपछि सुरक्षाका लागि आएको प्रहरीसंगको झडपमा ओखलढुङ्गाका मोहन घिमिरे, टेकराज कटवाल तथा संखुवासभाका रामकुमार थापा सामान्य घाइते भएका छन् । अहिले पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । झडपका क्रममा तीन वटा कुर्सी पनि भाँचिएको छ । ओखलढुङ्गा र संखुवासभाका असन्तुष्ट कार्यकर्ताहरुले मंगलबार पनि पार्टी कार्यालयमा नारावाजी गर्दै कार्यवाहक सभापति सुशील कोइरालाविरुद्ध खनिएका थिए ।
कांग्रेस उपसभापति सिंहलाई हातपात गरिएपछिको विवादलाई कसरी समाधान गर्ने भन्ने सम्बन्धमा पदाधिकारीहरुको बैठक बसिरहेको छ । पदाधिकारीको बैठकपछि केन्द्रीय कार्यसमितिको बैठक बस्ने छ ।

विवादको सिलसिला

पार्टी एकीकरणपछि २७ जिल्लामा देखिएका विवाद मिलाउन उपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा पार्टीले विवाद समाधान समिति गठन गरेको थियो । समितिले गरेको निर्णयमध्ये संखुवासभा, ओखलढुंगा, कैलाली, प्यूठान, बारालगायतका जिल्लामा विवाद कायम छ ।
पाँच सदस्यीय विवाद समाधान समितिमध्ये ज्ञानेन्द्रबहादुर कार्की र भीष्म आङदम्बेले आठ जिल्लामा एकीकरणका बेला भएको निर्णय र केन्द्रीय प्रतिनिधि टोलीको सर्वसम्मत निर्णयविपरीत जिल्ला नेतृत्व दिने काम भएको भन्दै नोट अफ डिसेन्ट लेखेका छन् । बैठक सुरु हुनुअघि संखुवासभा र ओखलढुंगाका कांग्रेस कार्यकर्ता पार्टी कार्यालयमा धर्ना दिएर नेताहरूलाई बैठकस्थलमा जान झन्डै दुई घन्टा रोक लगाएका थिए । प्लेकार्ड र ब्यानर बोकेर जुलुससहित पुगेका उनीहरूले कार्यबाहक सभापति सुशील कोइरालालगायतका नेताहरूलाई आज पनि रोकेका थिए ।

तरुण दलका नेता आमरण अनसनमा
तरुण दल काठमाडौं जिल्ला कार्यसमिति अध्यक्ष सुश्री जीवन डंगोललाई निस्काशन गरेको बिरोधमा केन्द्रीय कार्यालयमा महानगर समितिका अध्यक्ष रमेश महर्जन आमरण अनसनमा बसेका छन् । डंगोललाई पनि सिंह समितिले हटाएको थियो ।

Comments

Popular posts from this blog

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY

आरक्षणको हचुवा निर्णय

(सम्पादकिय कान्तिपुर दैनिक) राष्ट्रपति रामवरण यादवले अध्यादेश जारी गर्दैनन् भन्ने थाहा हुँदाहुँदै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले सम्पूर्ण सरकारी सेवामा आरक्षणको प्रतिशत बढाउने अध्यादेश जारी गर्न सिफारिस गरेको छ । सरकारले यसअघि सिफारिस गरेका १० वटा अध्यादेश र संवैधानिक निकायमा रिक्त पदमा संसदीय सुनुवाइबिना नै नियुक्ति गर्ने व्यवस्था गर्न बाधा अड्काउ फुकाउको आदेश राष्ट्रपतिले जारी नगरी थाँती राखेका छन् । लोकतान्त्रिक मुलुकहरूमा कामचलाउ सरकारले दैनिक प्रशासन चलाउने र निर्वाचन गर्ने प्रयोजनका लागि अत्यावश्यकबाहेक अरू अध्यादेश जारी गर्न नपाउने विश्वव्यापी प्रचलन छ । तर, मन्त्रिपरिषद्ले आफू संवैधानिक रूपमा कामचलाउ सरकार हो भन्ने यथार्थलाई बेवास्ता गरी मुलुकमा दीर्घकालीन प्रभाव पार्ने एकपछि अर्को अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्दै आएको छ । विश्वव्यापी प्रचलन र अन्तरिम संविधानको संरक्षकका नाताले राष्ट्रपतिले सरकारद्वारा सिफारिस गरिएका कुनै पनि अध्यादेश जारी नगरी थाँती राखेको बताइएको छ । यो यथार्थ बुझ्दाबुझ्दै पुनः अध्यादेश जारी गर्न सिफारिस गरेपछि ...

Photo:Hilli Areas of Nepal(नेपालको पहाडी सुन्दरता)