सीडीएमएबाट उच्च गतिको इन्टरनेट

नेपाल टेलिकमले सिडिएमए प्रविधिबाट उच्च गतिमा इन्टरनेट चलाउन सकिने सेवा शुक्रबार सुरु गर्ने भएको छ। इन्टरनेट इभोलुसन डाटा अप्टिमाइज (इभिडिओ) नामको प्रविधिबाट प्रतिसेकेन्ड दुई दशमलव चार मेगाबिट्सको गतिमा इन्टरनेट चल्ने टेलिकमले जनाएको छ।
सिडिएमएको रिमकार्डबाट पनि ग्राहकले इन्टरनेट चलाउन सक्छन्। तर, यसको गति निकै कम गतिको हुने भएकोले टेलिकमले उच्चगतिको इभिडिओ सेवा सुरु गर्न लागेको हो।


टेलिकमले पहिलो पटक काठमाडौं र पोखरामा इभिडिओ सुरु गर्न लागेको हो। यो सेवा लिनको लागि दुई हजार पाँच सय रुपैयाँ तिर्नुपर्ने टेलिकमका प्रवक्ता सुरेन्द्र थिकेले बताए।

'दुईहजार पाँचसय रुपैयाँ तिरेर इभिडिओ सेवा लिएपछि दुईहजार रुपैयाँको डाटा प्रयोग गर्न पाइन्छ,' थिकेले भने। टेलिकमले रिमकार्डबाट इन्टरनेट चलाउँदा प्रति एकसय किलोबिट्सको २५ पैसा लिने गरेकोमा इभिडिओको प्रवर्द्धनात्मक महसुल १५ पैसा प्रति एकसय किलोबिट्स लगाउने भएको छ।



चैतसम्म प्रवर्द्धनात्मक रुपमा इभिडिओबाट इन्टरनेट चलाउँदा छुट दिइएको टेलिकमका एक अधिकारीले वताए। छिटो गतिको इन्टरनेट मात्र चलाउनेको निम्ति इभिडिओ ठिक हुने दावी टेलिकमले गरेको छ।



इभिडिओको रिमकार्डबाट फोन भने चलाउन मिल्दैन। सिडिएमएको स्काईफोनको रिमबाट फोन र इन्टरनेट चलाउन सकिएपनि इभिडिओको रिमबाट भने डाटा (इन्टरनेट) मात्र चल्ने थिकेले बताए।

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय