माघ २१- बर्दिया तारातालकी मिना थारु 'देश र जनताको लागि' भन्दै माओवादीमा प्रवेश गर्दा १२ वर्षकी थिइन्। स्थानीय ढोडरी माविमा ४ कक्षा पढ्दै गर्दा उनी माओवादी 'जनयुद्ध'मा होमिएकी थिइन्। कापीकलम समात्ने कलिला हातमा बन्दुक समाउन पुगेकी मिनालाई अहिले भने भविष्यप्रति निकै पछुतो लाग्न थालेको छ।
अनमिनको प्रमाणिकरणमा अयोग्य भएपछि बुधबार माओवादी सेनाको दशरथपुरस्थित छैटौँ डिभिजनबाट घर जान हिँडेकी उनले ठूलो चिन्ताको भारी बोकेर गइन्। 'म अब घर गएर स्कुल भर्ना भएर पढाइलाई निरन्तरता दिन्छु,' उनले भनिन्। बुर्जुवा शिक्षा नपढ्ने भन्दै प्राथमिक तहमै विद्यालयसँग साइनो तोडेकी उनी अब ९ कक्षामा भर्ना भएर एसएलसी दिने सोचमा छिन्। सैन्य शिविरमै स्व-अध्ययन गरेकोले एसएलसी उत्तीर्ण गर्ने उनमा आत्मविश्वास छ।
पाँच बर्षअघि मिना थारु 'कमरेड श्रद्धा'मा परिणत हुँदा उनले निकै सुन्दर सपना देखेकी थिइन्। अर्काको घरमा बटैया (अधिया) लगाएर जीविकोपार्जन गरिरहेका बाउआमाको चोला फेर्ने उनको सुन्दर सपना थियो। अझै त्योभन्दा बढी उनी आफ्ना आमाबुवाको जस्तै जीवन भोगिरहेका थुप्रै अधिया किसानहरुलाई भूमिपति बनाउने आदर्श सपना बोकेर घरबाट हिँडेकी थिइन्। आफ्नो त्यही सपना साकार पार्न उनले 'छोरीले धेरै पढेर सुख देओस् ' भन्ने आमावुवाको सपनालाईसमेत तिलाञ्जली दिइन्।
कस्तो विडम्बना! अहिले कमरेड श्रद्धा पुनः मिना थारु बनेर बाउआमाको पुरानो सपनासँग जोडिएकी छिन्। 'हाम्रो आफ्नै जग्गा छैन, बाआमा अर्काको घरमा बटैया गर्छन्, अब घर गएर उनीहरुलाई सघाउँछु,' बृद्ध दम्पत्तीकी एक्ली सन्तान मिनाले भनिन्। बाउआमाले गाउँमै सानो पसल राखेको र त्यसलाई बिस्तार गर्ने उनको योजना छ।
माओवादी 'जनयुद्ध'ले विस्तृत शान्ति सम्झौतामा पुगेर विश्राम लिएपछि माओवादी सेनाका अरु लडाकुजस्तै मिनाले पनि नेपाली सेना वा अन्य सुरक्षा निकायमा समायोजन हुने आशा गरेकी थिइन्। तर, अहिलेसमेत सेना हुन उमेर नपुगेकी उनलाई अनमिनले अयोग्य प्रमाणित गर्यो। तीन बर्षको लडाकु शिविर बसाइपछि उनी २२ हजार रुपैयाँ लगेर बाहिरिइन्। समयको बर्बादी हेर्ने हो भने त यो रकम निकै कम हो। त्यसैले उनी अध्ययन पुरा गरेर समाजमा समायोजन हुन सरकार, पार्टी र अनमिनको सहयोग चाहन्छिन्। बसमा चढ्दै गर्दा उनले भनिन्, 'परिआए देशको लागि जेजस्तो सहयोग गर्न पनि तयार छौँ, तर हाम्रो लागि पनि सोच्नुपर्छ।'
## NAGARIK DAILY

Comments
Post a Comment
Comment us and help for make it better!!