जमिम शाहको हत्या सम्बन्धमा प्रहरीको भूमिका कमजोर

उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले जमिम शाहको हत्या सम्बन्धमा प्रहरीको भूमिका कमजोर भएको बताएकी छिन्।
उनले प्रहरीको भूमिकालाइ लिएर सरकारले अनुसन्धान गनुपर्ने बताइन ।आज बिहान शाहको घर पुगेकी कोइरालाले राजधानीको सबैभन्दा सुरक्षित मानिएको स्थानबाट दिन दहाडै हत्या गरि अपराधी सजिलै उम्कनुले प्रहरीको भूमिका माथि शंका थपिएको उल्लेख गरेकी हुन् ।
उनले शान्ति सुरक्षाको अवस्था बिग्रेको उल्लेख गर्दै मन्त्री कोइरालाले यसले शान्ति सुरक्षाको अवस्था कति नाजुक छ भन्ने देखाएको बताइन
आइतवार शाहलाई लाजिम्पाटमा दुई अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेको थियो । उक्त क्षेत्रमा विदेशी कुटनीतिक कार्यालय तथा राष्ट्रपति भवनसमेत रहेकाले सुरक्षास्थित व्यवस्था कडा हुने गरेको छ।

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय