कोइरालाले भन्दैमा सरकार नढल्ने

सरकार सञ्चालनको तेस्रो ठूलो दल मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सुजाता कोइरालाले भन्दैमा सरकार नढल्ने बताएका छन् ।
सुनसरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उच्चस्तरीय राजनीतिक संयन्त्रमा राज्यको कुनै उपस्थिति नभएको समेत बताए । उनले मधेसवादी दल र राज्यको उपस्थिति विनाको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्रीले भाग लिनुको पनि कुनै औचित्य नभएको बताए ।
यसअघि सुनसरीको इनरुवामा दुई वर्ष अघि मधेस आन्दोलनको क्रममा ज्यान गुमाएका शहिदहरुको श्रद्धाञ्जली सभामा भागलिन त्याहाँ पुगेका गच्छदारले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै 'राज्यको सर्वोच्च निकाय प्रधानमन्त्री भएकाले प्रधानमन्त्रीको प्रतिनिधित्व विनाको संयन्त्रको कुनै औचित्य नभएको बताएका हुन् ।
मधेसवादी भन्नाले तपाई आफैं सहभागि हुन खोज्नुभा हो भन्ने पत्रकारहरुको जिज्ञासामा उनले आफू नभई कुनैपनि मधेसवादी दलको प्रतिनिधित्व अनिवार्य रुपमा हुनु पर्नेमा जोड दिए ।
उपप्रधानमन्त्री सुजता कोइरालाले सरकार ढल्छ भनेको कुरा हावादारी भएको बताउदै गच्छदारले भने, 'जसलाई सरकार कसरी बन्यो भन्ने नै थाहा छैन उस्ले ढल्छ भन्दै हिड्नुको कुनै तुक छैन ।
उनले सरकार बनेको एक महिनामा ढल्छ भन्नेहरुपनि यहि रहेको बताउदै सरकार र नेतृत्व दुबै परिवर्तन नहुने बताए । उनले भने, 'यो सरकारकै नेतृत्वमा नयाँ संविधान निर्माण हुन्छ ।'
#janapukar

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय