Skip to main content

माओवादीसँग मिलेर नयाँ सरकार बनाउने चेतावनी

कांग्रेसमा सरकार परिवर्तनको बहस सुरु भएपछि नेकपा एमालेले कांग्रेसले सरकार छाडे माओवादीसँग मिलेर नयाँ सरकार बनाउने चेतावनी दिएको छ ।
राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य प्रदीप नेपालले वर्तमान सरकारबाट कांग्रेसले समर्थन फिर्ता लिए एमाले र माओवादीको गठबन्धन बन्ने दाबी गरेका हुन् ।
उनले भने –यो सरकारबाट कांग्रेसले समर्थन फिर्ता लियो भने एमाले र माओवादीको गठबन्धन बन्छ ।नेता नेपालले अहिले माओवादी या कांग्रेसको नेतृत्वमा सरकार बन्न नसक्ने ठोकुवा गर्दै भने अहिलेको सरकारको विकल्प छैन माओवादी पनि यसैको नेतृत्वमा आउँछ र यसैले शान्ति र संविधान बनाउँछ ।
नेपालले उच्चस्तरीय राजनीतिक संयन्त्र बूढा नेताहरुको चिया खाने क्लब मात्र भएको टिप्पणी गरे । उनले एमाले प्रजातान्त्रिक पार्टी भएकाले पार्टीभित्र विवाद रहेको तर महिना दिनमा बैठक राखे सबै ठीक हुने दाबी गरे । १४ प्रदेश आवश्यक नहुने पनि उनले बताए ।



Comments

Popular posts from this blog

राष्टिय गितहरु डाउनलोड गर्नुहोस ।

For Download Click on Songs Title. Download will start automatically. Gaucha Geet Nepali Jyoti ko Pankha Uchali Jaaga Lamka Chamka hai naujawan ho Paschim koi purba Ghar Ma Jhukdai Na jhukne Nepal ko Choro

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY

दुव्र्यसनबाट मुक्त हुन खोजेका ब्यक्तीहरुको बयान

सन्दर्भ : औषध ओसारप्रसार बिरुद्धको दिवस १ समय एउटा यस्तो चिज हो, जो जव मानव एउटा चेतनशील र विवेकशिल प्राणीको रुपमा विकसित भई सवै कुराको लेखो राख्न  सक्ने अवसरमा आयो, त्यति नै बेलादेखि वा आफू जान्ने हुनु भन्दा अगाडी लामो अन्तराल सम्मको बेला वा काललाई कल्पना गरि गण्ना गर्न थाल्यो । यसलाई भूत, वर्तमान र भविष्यत गरि तीन भागमा विभक्त गरिएको छ । मानिसले परिकल्पना  गरेको भूत कालको र वर्तमानको लेखा  राखिएता पनि भविष्यत कालको कुनै निश्चितता र अन्त छैन । मानिस लगायत सम्पूर्ण चराचर जगत र विश्व ब्रमाण्ड समयकै गतिमा चलिरहेको छ । विगतको परिकल्पना गरिए पनि समायको शुरु र अन्त्य छैन भन्दा अत्युक्ति नहोला ।