Question and Answer

प्रश्नः : प्रकृतिले दिनका साथै रात किन बनाएको होला ?



उत्तर: चोर डाकाहरुको पनि जिबिका चलोस् भनेर !


प्रश्नः : हाम्रो देशमा किन एउटा पनि ठूलो मान्छे जन्मिन सकेन ?


उत्तर: संसारमै यस्तो हो, जन्मिँदा सबै बच्चा नै जन्मिन्छन् !


प्रश्नः : मैले तपाइँलाई चिनिहालेँ नि !


उत्तर : चिनि नहाल्नोस्, मलाई सुगरको समस्या छ, बरु नुन हालिदिनुस् !!


प्रश्नः प्रश्न यो हो भने उत्तर के हो ?


उत्तरः सजिलो छ, उत्तर दीशा हो ।


प्रश्नः म मेरो घर वरीपरी भुतप्रेत भएको कल्पनामात्र गर्छु, के गर्ने हो ?


उत्तरः सजिलो छ, कल्पना गर्न छोडिदिनोस् ।


प्रश्नः मोबाइल र श्रीमतीमा के फरक छ ?


उत्तरः दुइटै अर्कालाई दिन मिल्दैन, बरबाद गरिदिन्छन । खर्चपनि उत्तिकै गर्नुपर्छ, बेला बेला


चार्ज गरिरहनुपर्छ भनेर चाही भन्न मिलेन ।


प्रश्नः जतिसुकै बिद्धानले पनि यो कुरो भन्न सक्दैन ?


उत्तरः म निदाइरहेको छु, डिस्टर्ब नगर ।


प्रश्नः हरेक श्रीमतीहरु आफ्ना पतिलाई किन शंका गर्छन् ?


उत्तरः अर्काको पतिलाई शंका गर्यो भने पति फेरी पत्निलाई शंक गर्न थाल्छन् ।


प्रश्नः बाघले घाँस खान थाल्यो भने के होला ?


उत्तरः नेताहरु भोकभोकै हुन्छन् ।


प्रश्नः अफिस जाने बेलामा म त मेरी श्रीमतीलाई चुम्मा दिएर मात्रै जान्छु, तिमी नि ?


उत्तरः म त तिमी हिडेपछिमात्रै ।


प्रश्नः तिन तिन बर्षम्म एउटै कक्षामा बस्दा लाज लागेन ?


उत्तरः सरलाई १५ बर्षदेखी यही कक्षामै पढाई रहन लाज नलागेपछि मलाई के को लाज !

Source:-kyamazza.blogspot.com

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय