Skip to main content

News

सभापतिका लागि दौडधूप शुरु भयो काँग्रेस नेताहरुको
नेपाली काँग्रेसका १२ औं महाधिवेशन नजिकिरहेको सर्न्दर्भमा उक्त पार्टीको सर्वोच्च पद सभापतिका लागि उम्मेदवारी घोषणा गर्नेको संख्या बढिरहेको छ ।
काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउयाले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । यसका लागि देउवाले आफ्ना पक्षधरहरुलाई आफ्नो पक्षमा प्रचारका लागि जिल्ला जिल्ला पठाएका छन् भने आफू पनि जिल्ला जिल्लामा पुगेर कार्यकर्ताहरुलाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् ।
देउवाले पार्टी सभापति गिरिजाप्रसाद कोइरालापछि आफू नै सभापतिका लागि योग्य भएको दावी गर्दै आएका छन् । यस्तै नेपाली काँग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले पनि आगामी महाधिवेशनमा उम्मेदवार हुने बताएका छन् ।
उनले सभापति कोइरालाको उमेर, स्वास्थ्यको कारण वैकल्पिक नेतृत्वको खाँचो रहेको भन्दै प्रजातान्त्रिक प्रक्रियाबाट आफू सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महाधिवेशन नजिकिरहेका कारण कोइराला पनि अहिले जिल्ला दौडाहामा निस्किएका छन् । त्यसो त पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्काले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।
आगामी महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवार दिने बिषयमा कार्यकर्ताहरुको भावना बुझ्न उनी पनि देश दोडाहामा निस्किएका छन् । आफूलाई विभिन्न जिल्लामा कार्यकर्ताहरुले सभापतिमा उम्मेदवारी दिन सुझाव दिएको उनको भनाई रहेको छ ।

भारतीय प्रधान मन्त्री फागुनमा आउने
नेपाल सरकारको निमन्त्रणामा भारतीय प्रधान मन्त्री मनमोहन सिंहले आगामी फागुनमा नेपाल भ्रमण गर्ने भएका छन्। सिंहको नेपाल भ्रमण तय भए पनि मिति पक्का भइ नसकेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ। पछिल्लो ८ वर्षयता नेपाल भ्रमण गर्ने सिंह पहिलो भारतीय सरकार प्रमुख हुनेछन्।


'भारतीय सुरक्षाकर्मीद्वारा माओवादीका १० जनाको खोजी'
सीमा मिचिएको दाबी गर्दै मोरङको सीमावर्ती डाइनिया गाविसमा पार्टीको झण्डा गाडेकाले पार्टीका १० जनालाई भारतीय सुरक्षाकर्मीले उग्रवादीको सूचीमा राखेर खोजी गरिरहेको दाबी एकीकृत माओवादीले गरेको छ। उनीहरुले घरघर पसेर आफ्ना कार्यकर्ता खोजिरहेको माओवादी भनाइ छ।
भारतीय नागरिकले जग्गा मिचेको मोरङको डाइनियामा पार्टीको झण्डा गाडेपछि भारतीय सुरक्षाकर्मीले नामै किटेर उनीहरुको खोजी गरिरहेको मोरङ माओवादीको दाबी छ। माओवादी मोरङका इन्चार्ज शिवकुमार मण्डलले ‘उग्रवादी’ को सूचीमा राखेर भारतीय सीमा सुरक्षा बल एसएसबीले खोजिरहेको सूचना मोरङका एसपी र इलाका प्रहरी कार्यालय रङ्गेलीलाई गराइसकिएको बताए।
राष्ट्रिय जागरण तथा भण्डाफोर अभियानमा रहेका माओवादीले डाइनियामा भारतले मिचेको भूमिमा पार्टीको झण्डा गाडेपछि एसएसबीले उक्त क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकलाई समेत धम्क्याउने गरेको मण्डलको आरोप छ।
माओवादीका मोरङ सह–सेक्रेटरी खेम प्रधान, क्षेत्र नम्बर १ का इन्चार्ज कालु लिम्बू, वाइसिएल क्षेत्रीय अध्यक्ष विनय, उपाध्यक्ष ललित पण्डित, क्षेत्रीय सदस्य अजिम मिया, मैनुदिन मिया, पार्टीका डाइनिया गाउँ सेक्रेटरी जयप्रकाश, सदस्य तजिर मिया, मनिष मण्डल र इम्तिहासको खोजी गरिरहेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
डाइनिया वडा नम्बर १ र २ को सिक्टी क्षेत्रमा २१ बिगाहाभन्दा बढी ऐलानी जग्गा भारतीय नागरिक वाजुद्धिन, कपिलुद्धिन र समिर उद्धिनले अतिक्रमण गरेको माओवादीको दाबी छ। ‘त्यही जग्गा ५ दिनअघि जनताको सहयोगमा अतिक्रमण मुक्त गराएका हौं’, मण्डलले नागरिकसँग भने- एसएसबी अहिले घरघरमा पसेर हाम्रा साथीहरुलाई खोजिरहेका छन्।
अतिक्रमित भूमिमा माओवादीले गाडेको पार्टीको झण्डा त्यही रात उखेलिदिएर भारतीय भूमिमा गाडिदिएको माओवादीको स्पष्टोक्ति छ। ‘एसएसबीलाई उत्तेजित पार्न अतिक्रमणकारीहरुले झण्डा उखेलेर भारतीय भूमिमा गाडेका हुन’, मण्डलले भने- मङ्गलबार हामी सीमावर्ती क्षेत्रमा अनुगमनमा जाँदैछौं।

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय

(सम्पादकिय कान्तिपुर दैनिक) राष्ट्रपति रामवरण यादवले अध्यादेश जारी गर्दैनन् भन्ने थाहा हुँदाहुँदै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले सम्पूर्ण सरकारी सेवामा आरक्षणको प्रतिशत बढाउने अध्यादेश जारी गर्न सिफारिस गरेको छ । सरकारले यसअघि सिफारिस गरेका १० वटा अध्यादेश र संवैधानिक निकायमा रिक्त पदमा संसदीय सुनुवाइबिना नै नियुक्ति गर्ने व्यवस्था गर्न बाधा अड्काउ फुकाउको आदेश राष्ट्रपतिले जारी नगरी थाँती राखेका छन् । लोकतान्त्रिक मुलुकहरूमा कामचलाउ सरकारले दैनिक प्रशासन चलाउने र निर्वाचन गर्ने प्रयोजनका लागि अत्यावश्यकबाहेक अरू अध्यादेश जारी गर्न नपाउने विश्वव्यापी प्रचलन छ । तर, मन्त्रिपरिषद्ले आफू संवैधानिक रूपमा कामचलाउ सरकार हो भन्ने यथार्थलाई बेवास्ता गरी मुलुकमा दीर्घकालीन प्रभाव पार्ने एकपछि अर्को अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्दै आएको छ । विश्वव्यापी प्रचलन र अन्तरिम संविधानको संरक्षकका नाताले राष्ट्रपतिले सरकारद्वारा सिफारिस गरिएका कुनै पनि अध्यादेश जारी नगरी थाँती राखेको बताइएको छ । यो यथार्थ बुझ्दाबुझ्दै पुनः अध्यादेश जारी गर्न सिफारिस गरेपछि ...

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY

HAPPY NEW YEAR "2068"

  New year is the time to unfold  new horizons  and realize new dreams, to rediscover the strength and faith within you rejoice in simple pleasure and gear up for the new challenges.  WISING YOU ALL VERY FULFILLING NEW YEAR 2068.