नेपाल प्रहरीका पूर्वमहानिरीक्षकहरूले पनि बहालवाला कर्मचारीलाई घरेलु काममा लगाइरहेका छन् । प्रहरी प्रधान कार्यालयको आदेशअनुसार जुनियर प्रहरी अहिले पनि पूर्वआइजिपीको गाडी चलाउन, भात पकाउन, भाँडा माझ्न र करेसाबारीमा काम गर्न बाध्य छन् ।




गृह मन्त्रालयले प्रहरीका बहालवाला उच्च अधिकृतले समेत घरेलु काममा प्रहरी जवानलाई प्रयोग गर्न नपाउने आचारसंहिता जारी गरेको छ । नीति त्यस्तो भए पनि व्यवहारमा भूपू आइजिपीहरूले भने अझै सरकारबाट तलब खाने बहालवाला प्रहरी कर्मचारीलाई भात पकाउन लगाइरहेका छन् ।

०२९ सालमा प्रहरी महानिरीक्षक भएका खड्गजित बरालदेखि ०६५ असोजमा प्रहरी महानिरीक्षक बनेर सेवानिवृत्त भइसकेका हेमबहादुर गुरुङसम्मले बहालवाला प्रहरीलाई यस्तो काममा लगाइरहेका छन् ।






तर, 'सरकारी भान्से' को सुविधा नेपाल सरकारले पूर्वप्रधानमन्त्रीहरूलाई समेत उपलब्ध गराएको छैन । प्रहरीस्रोतका अनुसार यस्ता सुरक्षाकर्मी उपलब्ध गराउँदा एसएसपीदेखि माथिल्लो दर्जाका प्रहरी अधिकारीहरू संलग्न 'पोलिसी कोअर्डिनेसन'को बैठकले निर्णय गर्छ ।




पूर्वआइजिपीलाई यस्तो सुविधा दिने भनेर कुनै पनि नीति-नियममा उल्लेख छैन । प्रहरी नियमावलीसमेत यस विषयमा मौन भए पनि नीतिगत निर्णयका आधारमा यस्तो सुविधा दिने गरिएको नेपाल प्रहरीले जनाएको छ ।






स्रोतका अनुसार उनीहरूलाई प्रहरी प्रधान कार्यालय सुरक्षा महाशाखाले एक भान्से, एक ड्राइभर, एक पिएसओ (सेक्युरिटी अफिसर) र चार सुरक्षागार्ड उपलब्ध गराएको छ । सेवानिवृत्त भएका महानिरीक्षकको सेवामा खटिएका ती सबै प्रहरीले नेपाल सरकारको तलब खान्छन् ।



प्रहरी प्रवक्ता विज्ञानराज शर्माले भूपू प्रहरी महानिरीक्षकहरू प्रहरी संगठनका गौरव भएकाले उनीहरूको सेवामा खटिन पाउनु प्रहरीका लागि पनि गौरवको कुरा भएको बताए । 'प्रहरी संगठनको नेतृत्व गरिसकेको व्यक्ति हाम्रो संगठनको गौरव हो,' प्रवक्ता शर्माले भने, 'हामीले नियमअनुसार दिनुपर्ने सेवा-सुविधा भूपू आइजी सा'पहरूलाई उपलब्ध गराएका छौँ ।'



भूपू प्रहरी महानिरीक्षकहरूले माग गरेमा थप सुरक्षाकर्मी पनि उपलब्ध गराइने शर्माले बताए । तर, अहिलेसम्म कसैले पनि थप सुरक्षाकर्मी नमागेको उनले बताए ।


#NAYA PATRIKA

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय