Skip to main content

तरलता संकट


अर्थतन्त्रमा देखिएको तरलता संकट अहिले केही मत्थर भएको छ । समस्या समाधानका लागि राष्ट्र बैंकले विभिन्न मौदि्रक उपकरणमार्फत तरलता -चलनचल्तीमा आएको रुपैयाँ) प्रवाह गरेपछि एक सातादेखि तरलता सहज हुन थालेको हो । तरलता संकटको अवस्थामा औसत १५ प्रतिशतसम्म पुगेको बैंकहरूबीचको नगद लेनदेन ब्याजदर अहिले १० देखि ११ प्रतिशतमा झरेको छ ।


अर्थतन्त्रमा देखिने यस्तो समस्या सामान्यतः अल्पकालीन प्रकृतिको हुन्छ । यस्तो समस्या विशेषतः बैंकिङ प्रणालीप्रति जनताको अविश्वासबाट जन्मिन्छ । प्रणालीप्रति नै अविश्वास भएपछि जनताले पैसा बैंकमा राख्नुको सट्टा घरमै राख्न थालेको देखिन्छ जसले गर्दा समग्र वित्त प्रणालीमा तरलता अभाव गरेको छ । तरलता अभावको समस्यामा बैंकहरूसँग कर्जा प्रवाह गर्न योग्य रकम कमी भई आपूर्ति कम हुँदा मूल्य बढ्ने अर्थशास्त्रको सामान्य नियम लागू भई निक्षेपको ब्याजदर बढेको छ । किनभने बैंकहरूले कर्जा प्रवाह गर्ने निक्षेपबाटै हो । तरलता अभाव भएपछि वाणिज्य बैंक तथा वित्तीय संस्थाले निक्षेप आकषिर्त गर्न बचतमा ब्याज बढाए भने निक्षेपमा ब्याज बढाउँदा बढेको लागतलाई समायोजन गर्न कर्जामा पनि ब्याजदर बढाइयो ।

कर्जामा ब्याजदर बढाउँदा अर्थतन्त्रदेखि लिएर सामान्य मानिसको जीवनसमेत प्रभावित भयो । ब्याज बढेपछि सामान्य जनताको खर्च गर्न योग्य आयमा कमी आई खर्च घट्छ । कर्जामा ब्याजदर बढेपछि ऋणीहरूले कर्जामा तिर्नुपर्ने ब्याज बढ्न गई आयको ठूलो अंश ब्याज भुक्तानीमै खर्च भएको छ । खर्च गर्न योग्य आयमा कम आएपछि बजारमा मागमा कमी आएको छ, फलतः व्यापार प्रभावित भएको छ । व्यापारीहरूको बस्तुको लागत बढ्न गई मूल्यवृद्धि भयो भने खर्चयोग्य आय घट्नु र मूल्य बढ्नु दुवै कारणले मागमा कमी आई व्यापार घट्न गई अर्थतन्त्रमै असर पारेको छ ।

ब्याज तिर्ने चिन्ताले गर्दा ऋणीहरूमा देखिएको तनाव उत्पादकत्वमा कमी र आत्महत्याको प्रवृत्तिका रूपमा प्रकट हुन सक्छ । किनभने स्थिर आय भएकालाई यो ठूलै बोझ भएको छ । ब्याजले निर्माणाधीन परियोजनालाई झनै ठूलो असर पारेको छ । यही कारण परियोजना लागत बढ्न गई परियोजना सुरु नै नहुने तथा चालू परियोजना बन्द हुने अवस्थासमेत आएको छ । यसले गर्दा मुलुकको पूर्वाधार विकास पछि धकेलिने तथ्यप्रति ध्यान जानु जरुरी छ । यसको ठाडो असर निजी क्षेत्रबाट सञ्चालित तथा सञ्चालनमा आएका जलविद्युत् परियोजनामा परेको छ । बैंकहरूले दिने कर्जाको ब्याजदर बढाएका कारण धेरैजसो परियोजना सुरु हुने-नहुने दोसाँधमा छन् भने चालू परियोजना केही समयका लागि बन्द गर्नुपर्ने अवस्था आएको छ ।

निक्षेपमा भएको ब्याजदर वृद्धिले उच्च आय भएका तथा ऋण नलिएका व्यक्ति तथा संंस्थालाई फाइदा भइरहेको छ । उनीहरूले आफूसँग भएको रकम बैंकमा बचत गरी नाफा आर्जन गरिरहेका छन् । यो सकारात्मक पक्ष हो । तर, समग्र अर्थव्यवस्थामा पर्ने असर भने नकारात्मक देखिन्छ । ब्याजदरमा आएको वृद्धिले लगानी तथा खर्च दुवैलाई निरुत्साहित गर्ने भएकाले आर्थिक क्रियाकलापमा सुस्तता आई अर्थव्यवस्था नै प्रभावित हुन्छ, जुन यसको खतरनाक पक्ष हो ।

तरलता अभावका कारण ब्याजदर बढ्ने घटनाक्रम तीव्र्र हुने भए पनि ब्याज वृद्धिका कारण पर्ने सामाजिक तथा आर्थिक प्रभाव देखिन भने १८ महिनासम्म लाग्न सक्छ । मासिक रूपमा ब्याज भुक्तानी गर्नुपर्ने व्यवस्था भएको नेपालजस्तो मुलुकमा यसको असर अबका केही महिनामै देखिन्छ ।


Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय

(सम्पादकिय कान्तिपुर दैनिक) राष्ट्रपति रामवरण यादवले अध्यादेश जारी गर्दैनन् भन्ने थाहा हुँदाहुँदै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले सम्पूर्ण सरकारी सेवामा आरक्षणको प्रतिशत बढाउने अध्यादेश जारी गर्न सिफारिस गरेको छ । सरकारले यसअघि सिफारिस गरेका १० वटा अध्यादेश र संवैधानिक निकायमा रिक्त पदमा संसदीय सुनुवाइबिना नै नियुक्ति गर्ने व्यवस्था गर्न बाधा अड्काउ फुकाउको आदेश राष्ट्रपतिले जारी नगरी थाँती राखेका छन् । लोकतान्त्रिक मुलुकहरूमा कामचलाउ सरकारले दैनिक प्रशासन चलाउने र निर्वाचन गर्ने प्रयोजनका लागि अत्यावश्यकबाहेक अरू अध्यादेश जारी गर्न नपाउने विश्वव्यापी प्रचलन छ । तर, मन्त्रिपरिषद्ले आफू संवैधानिक रूपमा कामचलाउ सरकार हो भन्ने यथार्थलाई बेवास्ता गरी मुलुकमा दीर्घकालीन प्रभाव पार्ने एकपछि अर्को अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्दै आएको छ । विश्वव्यापी प्रचलन र अन्तरिम संविधानको संरक्षकका नाताले राष्ट्रपतिले सरकारद्वारा सिफारिस गरिएका कुनै पनि अध्यादेश जारी नगरी थाँती राखेको बताइएको छ । यो यथार्थ बुझ्दाबुझ्दै पुनः अध्यादेश जारी गर्न सिफारिस गरेपछि ...

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY

HAPPY NEW YEAR "2068"

  New year is the time to unfold  new horizons  and realize new dreams, to rediscover the strength and faith within you rejoice in simple pleasure and gear up for the new challenges.  WISING YOU ALL VERY FULFILLING NEW YEAR 2068.