Skip to main content

क्रान्तिकारी आक्रमणमा नेबिसंघ सभापति गम्भीर घाइते


माओवादी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताले बुधबार अपरान्ह दाङमा नेविसंघका एकजना नेतालाई सांघातिक आक्रमण गरेका छन् । नेविसंघका जिल्ला सदस्य तथा महेन्द्र बहुमुखी क्याम्पस इकाइ सभापति राजकुमार डाँगीलाई १५/१६ जनाको संख्यामा आएको क्रान्तिकारी समूहले आक्रमण गरेको नेविसंघ दाङले जनाएको छ ।
महेन्द्र बहुमुखी क्याम्पसनजिक रहेको नारायण सल्यानी सभाहल नजिक भएको कुटपिटबाट डाँगीको टाउको, अनुहार र खुट्टामा गम्भिर चोट लागेको छ । फलामको रडले आक्रमण गरेको डाँगीले बताएका छन् । स्वतन्त्र बिद्यार्थी युनियन क्याम्पस कोषाध्यक्ष भुपेन्द्र ओली र वाईसीएलका जिल्ला सदस्य पाटनको नेतृत्वमा आएको समूहले आक्रमण गरेको डाँगीले बताएका छन् ।
घाइतेको अहिले राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा उपचार भैरहेको छ । राजनीतिक आस्थाकै आधारमा डाँगीमाथि सांघातिक आक्रमण गरेको भन्दै नेविसंघ दाङले घटनाको भर्त्सना गरेको छ । जिल्ला अध्यक्ष राजकुमार धितालले प्रेस बिज्ञप्ती जारी गरी आक्रमणकारीमाथि कडा कार्वाही गर्न माग गरेका छन् । उता क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियले भने डाँगीले स्ववियू सचिव सन्तोष पोख्रेलमाथि पहिले हातपात गरेकाले प्रतिरोध गरेको जनाएको छ । क्याम्पस स्ववियूमा पूरै प्यानल अखिल क्रान्तिकारीको छ ।
जिल्ला प्रहरी कार्यालयले क्रान्तिकारीका पाँचजनालाई पक्राउ गरेको छ । स्ववियू कोषाध्यक्ष भुपेन्द्र ओली, क्रान्तिकारीका कार्यकर्ता सुमन रोका, शशिकरण ढकाल, बबिन केसी र मोहन बिष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

Comments

Popular posts from this blog

राष्टिय गितहरु डाउनलोड गर्नुहोस ।

For Download Click on Songs Title. Download will start automatically. Gaucha Geet Nepali Jyoti ko Pankha Uchali Jaaga Lamka Chamka hai naujawan ho Paschim koi purba Ghar Ma Jhukdai Na jhukne Nepal ko Choro

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY