Skip to main content

जलवायु परिवर्तनको असरः खतरनाक रोगहरुमा वृद्धि

विश्व जलवायुमा भइरहेको परिवर्तनका कारण पानी तथा कीटजन्य रोगहरुको तीव्र वृद्धि भइरहेको छ । नेपालमा विगत १० वर्षा कीटाणुबाट हुने रोगहरुमा ५ देखि १० गुणासम्म वृद्धि भएको पाइएको छ ।
नेपालीहरु बिरामी हुनुको ५१ प्रतिशत कारण सरुवा रोगहरु नै हुन् । यी रोगहरुमध्ये अधिकांश रोगहरु जलवायु परिवर्तन (Climate Change)का कारण तीव्र गतिमा वृद्धि हुन थालेका छन् । साथै नर्सर्ने रोग (स्वास्थ्यसमस्या) का रुपमा लिने गरिएको चोटपटक तथा मानसिक रोग पनि जलवायु परिवर्तनका कारण लगातार वृद्धि भइरहेको पाइएको छ ।
भविष्यमा जलवायु परिवर्तनका कारण उत्पन्न हुने रोगहरुको नियन्त्रण नेपालका लागि अझ चुनौतीका रुपमा देखिने भएकोले त्यसका लागि स्वास्थ्यसम्बन्धी नीति, रणनीति तथा कार्यक्रमहरुमा व्यापक परिमार्जनको आवश्यकता महसुस गरिएको छ ।

Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय

(सम्पादकिय कान्तिपुर दैनिक) राष्ट्रपति रामवरण यादवले अध्यादेश जारी गर्दैनन् भन्ने थाहा हुँदाहुँदै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले सम्पूर्ण सरकारी सेवामा आरक्षणको प्रतिशत बढाउने अध्यादेश जारी गर्न सिफारिस गरेको छ । सरकारले यसअघि सिफारिस गरेका १० वटा अध्यादेश र संवैधानिक निकायमा रिक्त पदमा संसदीय सुनुवाइबिना नै नियुक्ति गर्ने व्यवस्था गर्न बाधा अड्काउ फुकाउको आदेश राष्ट्रपतिले जारी नगरी थाँती राखेका छन् । लोकतान्त्रिक मुलुकहरूमा कामचलाउ सरकारले दैनिक प्रशासन चलाउने र निर्वाचन गर्ने प्रयोजनका लागि अत्यावश्यकबाहेक अरू अध्यादेश जारी गर्न नपाउने विश्वव्यापी प्रचलन छ । तर, मन्त्रिपरिषद्ले आफू संवैधानिक रूपमा कामचलाउ सरकार हो भन्ने यथार्थलाई बेवास्ता गरी मुलुकमा दीर्घकालीन प्रभाव पार्ने एकपछि अर्को अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्दै आएको छ । विश्वव्यापी प्रचलन र अन्तरिम संविधानको संरक्षकका नाताले राष्ट्रपतिले सरकारद्वारा सिफारिस गरिएका कुनै पनि अध्यादेश जारी नगरी थाँती राखेको बताइएको छ । यो यथार्थ बुझ्दाबुझ्दै पुनः अध्यादेश जारी गर्न सिफारिस गरेपछि ...

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY

HAPPY NEW YEAR "2068"

  New year is the time to unfold  new horizons  and realize new dreams, to rediscover the strength and faith within you rejoice in simple pleasure and gear up for the new challenges.  WISING YOU ALL VERY FULFILLING NEW YEAR 2068.