Skip to main content

झूटो जाहेर दिँदा जाहेरीवालानै प्रहरीको फन्दामा


झूटो जाहेरी दिई अरुलाई फसाउँन खोज्ने व्यक्ति आफैँ प्रहरीको फन्दामा परेका छन् ।
मुखमा कालोपट्टी बाँधेर आएको समूहले रु. एक लाख २३ हजार नगद लुटपाट गरी कुटपिट गरेको जाहेरी दिएका पर्वत जिल्लाको नाङ्गलीवाङ गाविस-४ का कुलबहादुर रेग्मी, गजेन्द्र खड्का र चन्द्रबहादुर परियारलाई अनुसन्धानका क्रममा झूटो ठहरेपछि जिल्ला प्रहरी कार्यालय, पर्वतले आइतबारदेखि हिरासतमा राखेको छ ।
जाहेरीमा कुलबहादुर रेग्मीले रकम चोरी गरेको भने पनि अनुसन्धानका क्रममा आफ्ना भाइ र श्रीमतीलाई दिएको खुल्न आएको थियो ।
माओवादीको तमुवान र मगरात राज्य समितिले म्याग्दीको बेनीमा आयोजना गरेको कार्यक्रमबाट र्फकँदै गर्दा माघ ७ गते साँझ सोही गाविसको वडा नं ६ का राजेन्द्रबहादुर केसी, अर्जुन केसी र दानबहादुर केसीविरुद्ध चोरीको अभियोग लगाएर प्रहरीमा जाहेरी दिएका थिए ।
कुलबहादुरले रातको समयमा नाकाबधारी समूहले कुटपिट गरेको भने पनि घटना भएको तर रकम भने नलुटिएकोमा शङ्का लागेपछि प्रहरीले अनुसन्धान गरेको थियो । शङ्काकै आधारमा कुलबहादुरको घरमा खानतलासी गर्दा उसले झूटो जाहेरी दिएको स्वीकार गरेको र श्रीमतीले समेत साबेती बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिराज वाग्लेले बताए ।
प्रहरी कार्यालयमा कुटपिटभन्दा चोरीको अभियोग दिँदा न्याय पाइएला भनेर यस्तो जाहेरी दिएको प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा कुलबहादुर जिसीले बताए ।
दुबै पक्ष गल्ती स्वीकार गर्दै मेलमिलापका लागि तयार भएकाले सोहीअनुरुप प्रक्रिया अगाडि बढाउने प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिए ।


Comments

Popular posts from this blog

आरक्षणको हचुवा निर्णय

(सम्पादकिय कान्तिपुर दैनिक) राष्ट्रपति रामवरण यादवले अध्यादेश जारी गर्दैनन् भन्ने थाहा हुँदाहुँदै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको कामचलाउ सरकारले सम्पूर्ण सरकारी सेवामा आरक्षणको प्रतिशत बढाउने अध्यादेश जारी गर्न सिफारिस गरेको छ । सरकारले यसअघि सिफारिस गरेका १० वटा अध्यादेश र संवैधानिक निकायमा रिक्त पदमा संसदीय सुनुवाइबिना नै नियुक्ति गर्ने व्यवस्था गर्न बाधा अड्काउ फुकाउको आदेश राष्ट्रपतिले जारी नगरी थाँती राखेका छन् । लोकतान्त्रिक मुलुकहरूमा कामचलाउ सरकारले दैनिक प्रशासन चलाउने र निर्वाचन गर्ने प्रयोजनका लागि अत्यावश्यकबाहेक अरू अध्यादेश जारी गर्न नपाउने विश्वव्यापी प्रचलन छ । तर, मन्त्रिपरिषद्ले आफू संवैधानिक रूपमा कामचलाउ सरकार हो भन्ने यथार्थलाई बेवास्ता गरी मुलुकमा दीर्घकालीन प्रभाव पार्ने एकपछि अर्को अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्दै आएको छ । विश्वव्यापी प्रचलन र अन्तरिम संविधानको संरक्षकका नाताले राष्ट्रपतिले सरकारद्वारा सिफारिस गरिएका कुनै पनि अध्यादेश जारी नगरी थाँती राखेको बताइएको छ । यो यथार्थ बुझ्दाबुझ्दै पुनः अध्यादेश जारी गर्न सिफारिस गरेपछि ...

Happy Dashain

HAPPY BIJAYADASHAMI AND DIPAWALI TO U AND YOUR FAMILY

HAPPY NEW YEAR "2068"

  New year is the time to unfold  new horizons  and realize new dreams, to rediscover the strength and faith within you rejoice in simple pleasure and gear up for the new challenges.  WISING YOU ALL VERY FULFILLING NEW YEAR 2068.