Skip to main content

Posts

Showing posts from December, 2009

बाग्लुङ तनावग्रस्त

प्रहरी र माओवादीबीच बाग्लुङमा झड्प   काठमाडौं -लघुवित्त सम्बन्धी कार्यक्रममा सहभागी हुन बाग्लुङ पुगेका उर्जामन्त्री  प्रकाशशरण महतलाई एकीकृत माओवादी कार्यकर्ताहरुले कालो झण्डा देखाउने  क्रममा आज शुक्रबार झड्प भएको छ । झड्पपछि बाग्लुङ तनावग्रस्त बन्न  पुगेको छ । स्थानीय एक होटल निकट माओवादी कार्यकर्ताहरुले मन्त्री महतलाई  कालोझण्डा देखाउँदै ढुंगा प्रहार गरेपछि प्रहरी र माओवादी कार्यकर्ताहरुबीच  झड्प भएको थियो ।   झड्पका क्रममा नेपाल महिला संघ, बाग्लुङकी सचिव  शकुन्तला शर्मासहित केही घाइते भएका छन् । मन्त्री महतलाई कार्यक्रमस्थल  जाँदै गर्दा माओवादी कार्यकर्ताहरुले नाराबाजीसहित कालोझण्डा देखाउँदै ढुंगा  प्रहार गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । 

PANG on Figuers

रमणिय स्थल पाङका केहि तस्विरहरु

यस बर्षकी विश्वसुन्दरी

अफ्रिकाको जोहानेसवर्गमा आयोजित मिस वर्ल्ड प्रतियोगितामा विजयी भएपछि जिब्राल्टरकी सुन्दरी केइयाने आल्डोरिनो

टिका बिष्टको लेख के थियो ?

के लेखिन टीकाले के लेखिन टीकाले ?     कात्तिक १० गते सदरमुकाम खलंगामा ग्रामीण विकासका लागि शिक्षा तथा सञ्चार रुकुमद्वारा सञ्चालित सामुदायिक रेडियो सिस्ने एफएम ९२ थोप्लो ८ मेगाहर्जको औपचारिक उद्‍घाटन कार्यक्रमको आयोजना गरिएको थियो। उद्‍घाटन कसले गर्ने ? भन्ने विषयमा सम्पूर्ण रेडियो परिवारले छलफल गरेपछि वर्तमान सरकारका सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेल आउने पक्का भयो।   यसै पनि जिल्लामा सञ्चारमन्त्री आउने खबरले सञ्चारकर्मीमा टाइँफाइँ त थियो नै झनै लोकप्रिय नेता तथा सरकारका प्रवक्ता , त्यसमै पनि मन्त्री आउने भनेपछि सबैको मनमा ‘ लौ न के भन्छन् ? कार्यक्रम कस्तो हुन्छ ? माओवादीले कस्तो विरोध गर्लान् - ’ जस्ता प्रश्नहरूले घरजम गरिरहेका थिए। प्र्रहरी , कर्मचारीहरू पनि सकिनसकी यताउता , चलकमलक गरिरहेका देखिन्थे। अचम्म त के भने जति आयोजकले तयारी गर्नुपर्ने त्योभन्दा तीन दोब्बरले माओवादीले तयारी गरिरहेको थियो। यसले पनि बजार शोभायमान थियो। मन्त्री आउने तीन दिनपहिलेबाट एकीकृत माओवादीले पुराना जनमुक्ति सेना अर्थात वाईसीएल र अन्य कार्यकर्तालाई सदरमुकाममा जमघट गरेको थिय

जल वायु परिवर्तनको असर

हिउँबिहीन हुदैछन् हिमालहरु उत्तमबाबु श्रेष्ठ ·      जलवायु परिवर्तनले विश्वको कान्छो पर्वत शृंखला हिमालयलाई झनै असर पार्ने विभिन्न प्रतिवेदनले देखाएका छन्। संयुक्त राष्ट्रसंघीय निकाय जलवायु परिवर्तनसम्बन्धी अन्तरदेशीय समिति (आइपिसिसी) को २००७ मा प्रकाशित प्रतिवेदनअनुसार , पृथ्वीको तापमान अहिलेकै गतिमा बढिरहने हो भने स्न २०३५ सम्ममा हिमालयक्षेत्र पूरै हिउँविहीन हुनेछ। यस्तै इसिमोड र विश्व वन्यजन्तु कोषजस्ता संस्थाले विभिन्न समयमा गरेका अध्ययनले हिमालय क्षेत्रको जलवायु संवेदनशीलता र जलवायु परिवर्तनले यसक्षेत्रमा पर्ने असर उजागार गरिरहेका छन्। हालै भारतीय वातावरण मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले यसअघिका विभिन्न अनुमानभन्दा भिन्न तथ्यांक पेस गरेको छ। त्यसले यसक्षेत्रका हिमनदी पग्लने प्रक्रियामा नयाँ वैज्ञानिक विवाद सिर्जना गरेकोछ। छलफलका लागि भनिएको उक्त प्रतिवेदनमा हिमालय क्षेत्रका हिमनदी पग्लनुमा जलवायु परिवर्तन नै कारक हो भन्ने ठोस प्रमाण हालसम्म नभेटिएको उल्लेख गरिएको छ। भारतीय वातावरण मन्त्री जयराम रमेशका अनुसार , यस अध्ययनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसम्बन्धी वर्तमान

देस विकासको लागि सविधानको महत्व

राम्रो संविधान बनाएर मात्र त देश नबन्ने रहेछ । गुरूराज घिमिरे Saturday, 18 July 2009 17:49 राजनीतिक वा सामाजिक सम्झौताबाट कसैलाई हानि पुग्दैन , बरु यसबाट सम्बन्धित या असम्बन्धित सबैले लाभ प्राप्त गर्छन् भन्ने रुसोको सामाजिक सम्झौताको सिद्धान्तसँग धेरथोर सम्मति राख्ने पार्टी नेपाली कांग्रेस राजतन्त्रसँग कुनै पनि हालतमा सम्झौता नगर्ने मनस्थिति र परिस्थितिमा पुगेपछि नेपालको राजनीतिमा नयाँ युगको प्रारम्भ भयो । कसैले माने पनि नमाने पनि लोकतान्त्रिक गणतन्त्रका लागि नेपाली कांग्रेस तयार नभएको भए नेपालबाट राजतन्त्र बिदा हुँदैनथ्यो । २००७ देखि निरन्तर साम्यवादी गणतन्त्र स्थापनाको लडाइँ लडेका नेपालका सबैजसो कम्युनिस्ट पार्टी धमाधम सम्झौतावादी बन्दै राजसंस्थासँगको सहकार्यमा अघि बढिरहेका थिए । हतियारको बलमा राज्यसत्ता कब्जा गर्न सकिन्छ भन्ने विश्वासमा रहेको तत्कालीन नेकपा माओवादीसमेत राजासहितको राजनीतिक व्यवस्थामा सत्ता साझेदारी गर्न आतुर थियो । तर , पटक-पटकका संघर्षमा राजासँग सम्झौता गरेको पार्टी पुनः राजा