Skip to main content

Posts

Showing posts from May, 2014

असमान मानव विकास स्थिति

- डिल्लीराम मिश्र कुनै पनि विकास प्रक्रिया समग्र मानवीय अवधारणाको प्रतीक हो । सामान्यत यो प्रक्रिया पूरा गर्न नेपाल जस्तो विकासोन्मुख देशका लागि ग्रामीण अर्थतन्त्रको प्रचुर विकासविना कदापि सम्भव छैन । नेपाल गाउँ नै गाउँको संरचनाद्वारा निर्मित कृषि अर्थतन्त्रमा आधारित मुलुक हो ।   नेपालको मानव विकास स्थितिलाई उठाउनेतर्फ ध्यान दिँदा सन! १९५० को दशकमा राष्ट्रिय बहुपक्षीय विकास योजनाको अवधारणा प्रारम्भ भएपछि नेपालको प्रसङ!गमा विकास नै राष्ट्रिय चिन्तनको मूलधार वा केन्द्रबिन्दु बन्दै आएको छ । यही चिन्तन मननका आधारमा विगत ६० वर्षको अन्तरालमा लागू गरिएका विभिन्न योजनाले देशका विविध क्षेत्रको विकाससम्बन्धी निर्देशक सिद्धान्तहरूलाई प्रतिनिधित्व गर्दै आएको छ । विभिन्न विकास कार्यक्रमहरूका लागि सम्बन्धित सरकार र द्विपक्षीय एवं बहुपक्षीय वित्तीय संस्थाहरूबाट अर्बौं धनराशि लगानी भइसक्दा पनि समग्र रूपमा नेपालीहरूको आर्थिक जीवनस्तर माथि उठ!नु पर्नेमा झन!झन! खस्कँदो अवस्थामा विचलन हुनपुगेको छ । अझ भनौं धनी र गरिबबीचको जुन असमान दूरी छ त्यो नजिकिँदै जानुपर्नेमा झन!झन! टाढिँदै गएको छ । यसै क्रमम