Skip to main content

Posts

Showing posts from August, 2012

सफलताका लागि इच्छाशक्ति

लक्ष्मी श्रेष्ठ सञ्चालक चण्डेश्वरी ह्याण्डी क्राफ्ट, काभ्रे                  निरन्तरको परिश्रम उनको व्यवस्थापन दर्शन हो । सानो भए पनि हरेकले आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने उनको मान्यता छ । यही कारण 'ह्याण्डी क्राफ्ट'का झोला र जुत्ता बनाउन सिपालु आफ्नै श्रीमान्को शीपलाई व्यावसायिक रूपमा प्रयोग गर्ने निधो गरिन् लक्ष्मी श्रेष्ठले । श्रीमान्ले काम गरेको हेरेर आफै झोला बनाउन सिकिन् उनले । शुरूमा श्रीमान्ले काम गरेर  फ्याँकेका धागोका टुक्रा जोड्दै यस क्षेत्रमा प्रवेश गरेकी उनी अहिले एक प्रतिष्ठित व्यवसायी बन्न सफल भएकी छन् । पोखरामा जन्मिएकी उनी विवाह गरेर २० वर्षअघि बनेपा आउँदा हातमा शीप थिएन । तर, शीप सिक्ने उनको तीव्र चाहनालाई कसैले रोक्न सकेन । अहिले उनी जिल्लामा प्रेरणादायी महिलाका रूपमा स्थापित हुन पुगेकी छन् । 'इच्छाशक्ति हुने हो भने असम्भव केही नहुने रहेछ,' लक्ष्मी भन्छिन् । त्यही मेहनतको परिणाम हो-चण्डेश्वरी ह्याण्डी क्राफ्ट ।

सफलताका लागि अहंको त्याग

आर. मानन्धर सबै धर्मले अहङ्कारलाई आध्यात्मिक उन्नतिको बाधक मानेका छन! । व्यावसायिक सफलताका विज्ञहरूले भौतिक सफलताका लागि पनि अहङ्कारलाई उत्तिकै बाधकका रूपमा मानेका छन! । आफूलाई महत्व दिएर अरूको मन जित्न सकिादैन । अरूको मन जित्ने हो र अरूबाट काम लिने हो भने अरूलाई नै महत्व दिनुपर्छ । अहंभावले न अरूमाथि प्रभाव पार्न सकिन्छ न अरूलाई केही कुरा मनाउन नै सकिन्छ । धर्ममा भनेजस्तै अहंशून्यता वा अहंलाई चटक्कै त्याग गर्ने काम सजिलो नहुनसक्छ । दैनिक जीवनमा व्यवहारका लागि एडवार्ड दि बोनोले एउटा शब्द चयन गर्नुभएको छ - अहंको छुट्टी ९भनय जयष्मिबथ० । अर्थात! तपाईं अहंशून्य हुनसक्नुहुन्न भने विशेष अवस्थामा अहंलाई निश्चित समयको लागि छुट्टी दिनसकिन्छ । नाटकमा यसको प्रयोग हुन्छ । एक धनाध्य मानिसले पनि नाटक वा चलचित्रमा नोकर वा भिखारीको जीवन्त अभिनय गर्नसक्छ । त्यसै गरी गरिब मानिसले पनि नाटकमा करोडपतिको अभिनय गर्नसक्छ । ती अभिनयमा उनीहरूले आˆनो अहंलाई पात्रको आवश्यकता अनुसार त्याग गर्नसके मात्रै उनीहरूले सफलता हासिल गर्नसक्छन! । त्यसै गरी जीवनमा अहङ्कारलाई जति कम प्रवेश दिइयो, त्यति नै बढी सफल

साइबर प्रेम

पद्मावती सिंह कथा जीवनमै पहिलोचोटि कुनै युवकले मलाई कतै गएर केही समय साथमा बिताउने प्रस्ताव राख्दै छ । यता केही महिनादेखि केटी सम्झी च्याट गर्दै आएको र मित्रता कायम भइसकेकोले मलाई खासै अप्ठेरो लागेन । उनी हिजोसम्म च्याट गर्दा केटी साथी भएर प्रस्तुत भएका थिए- आज केटा भएर उनी सशरीर मेरोसामु उभिएका छन् । उनले आज मलाई भेट्न बोलाएका हुन् । दुई-तीन महिनाको नियमित च्याटपछि हामी दुईमा मित्रता कायम भएको थियो । उनले ढाँटेर मलाई केटी भनेका थिए तर आज केटा पाएर म विस्मित भएकी छु । कताकता रोमाञ्चित पनि भएकी छु । 'कहाँ जाने ?' सँगै जाने मनसाय व्यक्त गरी मैले सोधेँ । 'रेष्टुरेन्टमा ।' अनुहारलाई उज्यालो पार्दै उनले भने । 'रेस्टुरेन्ट हो नि... ! त्यहाँ केही बेर सँगै बसेर बात मार्दै कफी खाऔँ न, हुन्न ?' पहिलोचोटि म कुनै युवकको मोटरबाइकको पछाडि बसी कुनै रेस्टुरेन्टमा कफी पिउन गइरहेकी छु ।