Skip to main content

Posts

Showing posts from April, 2012

गलत सरुवा प्रवृत्ति र भ्रष्टाचार

- शिवराम न्यौपाने  निजामती सेवा संयन्त्र मुलुकको स्थायी सरकार हो । केन्द्रीय स्तरदेखि स्थानीय स्तरसम्म यसका संरचना विस्तार भएका छन् । राजनीतिक रिक्ततामा समेत यसले आफ्नो जिम्मेवारी निर्वाह गरी राज्य सञ्चालनलाई निरन्तरता दिएको हुन्छ ।   यसै कारण मुलुकको समग्र सामाजिक तथा आर्थिक विकासका नीति , योजना कार्यक्रमहरूले निरन्तरता पाउन सम्भव भएको छ । यसै कारण निजामती सेवाप्रतिको जनताको विश्वास र भरोसा कायमै छ तर यस सेवाभित्र बढ्दै गएका अस्वाभाविक विकृतिका कारण यसको विश्वसनीयता एवं साख क्रमशः खस्कँदै गएको आभाष हुन थालेको छ । केही कर्मचारीको भ्रष्ट आचरणका कारण समग्र निजामती सेवाको इज्जत , प्रतिष्ठा , आचरणमा धब्बा लाग्नु राम्रो होइन । त्यसैले यस सेवाभित्रका भ्रष्टाचारका प्रवृत्तिलाई नियन्त्रण गर्नु जरुरी छ । यसका लागि गलत सरुवा प्रवृत्तिलाई नियन्त्रण गर्नु पनि महत्त्वपूर्ण आधार हुन सक्दछ ।