Skip to main content

Posts

Showing posts from January, 2012

ब्राहमण समाज नेपाल के, किन र के का लागि?

कुराकानी बिशेष  प्रा. नारायणप्रसाद अधिकारी अध्यक्ष- ब्राह्मण समाज नेपाल Source: Brahaman Samaj Nepal किन आवश्यक प¥यो ब्राह्मण समाज  कहिले गठन गर्नुभएको पृष्ठभूमि पनि वताइदिनु न ?  जातीय संगठन गर्नेपर्र्ने जस्तो थिएन । दलहरुले जातिय प्रतिवद्धता गरे । भोलीको अवस्था ख्याल गरेनन् । जातीय राज्यको वचन  अनि आरक्षण दिए । ब्राह्मणहरु जातीय संगठनको शारीरिक र मानसिक पीडा खप्न वाध्य भए । पोखरामा तमुवान राज्य घोषणा गर्ने सिलसिलामा ब्राह्मणहरुलाई असैह्य गाली गरियो । ब्राह्मण कासी जाऊ , क्षेत्रीहरु फाँसी जाऊ यो भूमि हाम्रो हो । हामीमाथि शोषण गर्ने कुनै अधिकार छैन भन्ने नारा जुलुस गरे । हामी ब्राहमण उनीहरुको गाली र चर्काे भाषण नमिठो गरि सुन्यौ । सदियौ देखि यहाँ मिलेर वसेका र दाजुभाई जस्तो ब्यवहार गदै आएकाहरुलाई समेत त्यो घटनाले नमिठो अनुभव गरायो ।  त्यस्तै पश्चिममाञ्चल क्षेत्रिय अस्पतालमा गुरुङ बालिका उपचारका क्रममा मृत्यु भयो । डाक्टरको लापरर्वाहीवाट उनको ज्यान गएको थियो । तमू धिं कास्की नामक संस्थाले अस्पताल घे¥यो । उतm संस्थाकोे दवावमा अस्पताले २० लाख रुपैयाँ क्षतिपूर्ति दि