Skip to main content

Posts

Showing posts from December, 2011

लोक सेवा आयोगको योग्यता प्रणाली

  कमल ज्ञवाली आयोगले खुला/आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षालाई व्यवस्थित र विवादरहित बनाउन विगतमा अनेकौं प्रयास गर्दै आएको छ तर यस्ता प्रयास योग्यता प्रणालीको संरक्षण र संवर्द्धनका लागि यथेष्ट थिएनन् पाँडे पजनीदेखि पार्टी पजनीसम्मको इतिहास बोकेको नेपालको कर्मचारीतन्त्रमा अनेकौँ आरोह अवरोह देखापर्दै आएका छन् । स्थायी सरकारको रूपमा कर्मचारीतन्त्रलाई स्थापित गरी निष्पक्ष , सक्षम तथा योग्यता प्रणालीमा आधारित बनाउन राणाशासनको अन्त्य भएको लगत्तै लोकसेवा आयोगको स्थापना भएको हो । आयोगको स्थापनापछि क्रमशः सुधारका पाइलाहरू अगाडि बढाउँदै लैजाँदा कर्मचारीतन्त्रबाट निजामती सेवाको स्वरूप धारण गर्न खेलेको ऐतिहासिक भूमिकाले नै हालसम्म यसले जनविश्वास प्राप्त गर्न सकेको छ । निजामती सेवाको संस्थागत विकास हुन सकोस् भनी २००८ सालदेखि हालसम्म जारी भएका प्रत्येक संविधानले आयोगलाई पर्याप्त अधिकार र कर्तव्य दिएर बलियो पार्ने प्रयास गरेका छन् । योग्यता प्रणाली निजामती सेवाको लागि अनिवार्य सर्त हो । योग्यता प्रणालीको प्रत्यक्ष सम्बन्ध पदपूर्ति गर्ने तरिकासँग हुन्छ । यस्तो पदपूर्ति नेपालको सन्र्द

गजलका सामान्य सिद्धानतहरु

-देवी नेपाल, सुरेश सुवेदी, घनेन्द्र ओझा   भाग-१-गजल सिद्धान्तहरु नेपालका प्रथम गजलकारहरु मोतिराम भट्ट र शम्भु प्रसाद ढुङ्गेल लाई हार्दिक श्रद्दन्जलि ब्यक्त गर्दछु । बर्तमान विश्व साहित्यमा लोकप्रियताको सिखर चढ्न सफल गजल विधा आफैमा एक उत्कृष्ट साहित्य विधा हो । गजल अरविमा जन्मिएर उर्दु फारसिमा विकास विस्तार र उत्कृष्टता हाँसिल गरेको गेय विधा हो । गजल फारसि सब्द हो जसको अर्थ हुन्छ प्रेमिका संग कुराकानी वा प्रणय वार्ता तर ब्यवहारमा धेरै अगाडि देखिनै प्रेमि वा प्रेमिकासंगको वार्तामा मात्र सिमित छैन ।गजल लेख्न सामान्यतया काफिया, रदिफ, मतला, शेर आदिको जानकारि हुनु आवस्यक छ । जसको एक पंत्ति लाई “मिसरा” भनिन्छ । दुई ओटा मिसरा मिलेर एक सेर बन्छ । सेरको माथिल्लो पंत्तिलाई “मिसरा ए उला” र तल्लो पंत्ति लाई “मिसरा ए सानि” भनिन्छ । जसको दुबै सेरहरु अनुप्रास युत्त हुन्छन् । गजलमा एक भन्दा वढि मत्लाको प्रयोग हुनसक्छ यस्तो गजलमा प्रथम मत्लालाई “मत्ला ए उला” र त्यसपछिको लाई “मत्ला ए सानि” भनिन्न । त्यसपछिका शेरहरुमा “मिसरा ए उला” स्वतन्त्र हुन्छ भने तल्लो मिसरा मत्लाका मिसराहरमा