Posts

Showing posts from September, 2011

दशैँको शुभकामना

Image
The Best of Health,Prosperity,Education and the Most of Fortune! I wish all of You this and More. Happy BijayaDashami(Dashain)

डा. भट्टराईका चुनौतिहरु

Image
   Dr. Baburam Bhattarai  डा. बाबुराम भट्टराईको चर्चा त्यतिबेला देखि नै हुनन्थ्यो, जब देशमा सशस्त्र जनयुद्द चलिरहेको थियो । हुन त उनको चर्चा उनको स्कुले जिबनलाई लिएर पनि हुन्थ्यो । देशमा गणतन्रको स्थापना पछि पनि उनको चर्चामा कमि आएन कहिले भारतबादि भनेर त कहिले पार्टि अध्यछ प्रचण्डसँगको बेमेल र किरणसँगको गठबन्धन बाट । तर उनि यतिबेला नेपालको ३५औँ प्रधानमन्त्रिको रुपमा निर्बाचित भएपछि चर्चामा छन । प्रचण्डले गिरिजापथ पछ्याए, उनि पार्टिमा रहुन्जेल अरु प्रधानमन्त्रि हुनै सक्दैनन भन्ने हरुलाई पनि प्रचण्डले राम्रै जवाफ दिएका छन । सहमतिको चरम प्रयास गर्दा पनि सफल हुन नसकेकोले सहमतिय राजनितिका हिमायति डा. भट्टराई बहुमतिय प्रणालिबाट नेपालको प्रधानमन्त्रि बनेका छन। डा. भट्टराईको कार्यकाल निश्चितरुमा त्यति सजिलो हुने छैन किनभने उनि जुन गठबन्धनबाट प्रधानमन्त्रि भए त्यो गठबन्धन नै आफैमा कमजोर छ । सफल अर्थमन्त्रिको रुपमा आफ्नो नाम दर्ज गराएका भट्टराईलाई सोहि दर्जामा आफ्नो प्रधानमन्त्रित्व पुर्याउन धेरै चुनौतिहरुको सामाना गर्नु पर्ने निश्चित छ । जे कुरामा पनि ३ दलले टुङग...