Skip to main content

Posts

Showing posts from May, 2011

निजामती सेवामा आरक्षण: कति उचित कति अनुचित ?

निजामति सेवा प्रत्येक राज्यले राज्य सञ्चालनको शिलशिलामा सरकारी सेवाको रुपमा निजामति सेवाको गठन गरेको पाइन्छ । निजामति सेवा राज्यको स्थायी संयन्त्र हो । राज्यको प्रभावकारीताको आधार पनि निजामति सेवाको दक्षतामा निर्भर रहन्छ । यस सेवाको गैह्र उपस्थितिमा न त सरकारले पारित गरेका नीति निर्णयको कार्यान्वयन सम्भव छ नत सरकार मार्फत आम नागरिकले अपेक्षा गरेका सेवा सुविधा नै प्राप्त गर्न सक्दछन् । त्यसैले परापूर्व काल देखि नै राज्य सञ्चालनका शिलशिलामा व्यवस्थिापिका, कार्य पालिका र न्यापालिकाको स्थान सुरक्षित गरिएको छ । जसमा कार्यपालिका भित्र निजामति सेवाको स्थान विशिष्ठ छ । निजामती सेवाका आफ्नै मूल्यमान्यता भएतापनि बदलिदो परिवेशमा यसको कार्य र भूमिका पनि स्वत बदलिएर जाने गर्दछ । नेपालमा निजामति सेवाको विकासक्रमको इतिहास त्यतिलामो छैन । वर्तमान निजामति सेवाको पूर्वधार वि.सं. २०१३ देखि व्यवस्थित भएको देखिन्छ । हाल सम्म आउँदा यस सेवामा विभिन्न परिवर्तन हरु भए यसका कति सकरात्मक पक्ष थिए भने कति नकरात्मक पनि थिए । जनआन्दोलन २ को प्रमुख उपलब्धि मानिएको निजामति सेवामा आरक्षणले पारेको प्रभावका वारेमा यह