विश्वबन्धु थापा- बिपी र महेन्द्रबीच 'लभ-हेट' को सम्बन्ध थियो। 'म राजा हुँ, प्रधानमन्त्री नोकर,' महेन्द्र यस्तै सोच्थे। बिपी भन्थे, 'म नोकर होइन, जनताको प्रतिनिधि हुँ। हामीले राजालाई मान्देका हौं। राणाहरूले खोपीका देवता बनाएका थिए, हामीले बाहिर ल्यायौं। यहाँभन्दा अगाडि बढ्ने कोसिस नगर।' म आठ वर्षको थिएँ होला। बिपी कोइराला त्यस्तै २३-२४ वर्षको हुनुहुथ्यो कि! उहाँ वनारसबाट विराटनगर आउनुभएको थियो। म बिपीकै घरमा बसेर पढ्थेँ। किताब फिँजारेर पढ्ने मेरो बानी थियो। एकदिन उहाँ फिँजारिएका किताब कुल्चँदै हिँड्नुभयो। मलाई अचम्म लाग्यो। 'ढोग्नोस्,' मैले भनेँ। उहाँले थाहा नपाएझैं गर्नुभो, 'केलाई?' 'किताब,' मैले भुइँतिर देखाएँ। 'किन?' उहाँको प्रश्नले म चकित खाएँ। 'नत्र विद्या नासिन्छ।' 'कसले गर्छ विद्या नास?' 'भगवानले।' उहाँ हाँस्दै अर्को कोठामा छिर्नुभयो। 'भगवानसँग पनि नडराउने कस्तो मान्छे रैछ,' मैले मनमनै सोचेँ। उहाँको निडरपन थाहा पाउन धेरै कुर्नै परेन। सन् १९४४ मा मेटि्रक जाँच दिन वनारस जाँदा म उ...