नेपाली राजनीतिका महानायक गिरिजाप्रसाद कोइरालाको अवसानबाट राष्ट्रले एकजना अनुभवी अभिभावक गुमाएको छ । कोइराला पदीय दृष्टिले कांग्रेस पार्टीको सभापति थिए तर यथार्थमा केही वर्षयता पार्टी विशेषभन्दा माथि उठेका राजनेता भइसकेका थिए । आफैंमा एउटा संस्थाजस्तो बनिसकेका थिए । समसामयिक नेपाली राजनीतिमा उनको जस्तो अग्लो छवि कसैको छैन । यस अर्थमा कोइरालाको निधनले एक किसिमको राजनीतिक रिक्तता उत्पन्न गराएको छ । मुलुक सामान्य अवस्थामा नरहेको र राज्य पुनर्संरचनाको संक्रमणबाट गुजि्ररहेका कारण कोइरालाजस्ता सबैलाई स्वीकार्य समन्वयकारी नेताको अभाव निकट भविष्यमै खटकिनेछ । किनभने उनको अगुवाइमा थालिएको शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन, बरु खल्बलिन थालेको छ । नयाँ संविधान लेखिएको छैन, समग्र राज्य सञ्चालन अन्तरिम विधिबाट भइरहेको छ । सबैखालको अतिवादलाई तटस्थीकरण गरिआएका कोइरालाको अनुपस्थितिमा राजनीति असन्तुलन र अराजकतातर्फ होमिनसक्ने जोखिम पनि छ । मुलुकलाई त्यसबाट जोगाउँदै सहमतीय स्थिरतातर्फ लैजानुपर्ने दायित्व अब अन्य शीर्षस्थ नेताहरूको जिम्मामा आएको छ ।
के नेपाली नेताहरूले मुलुकलाई कोइरालाको रिक्ततासँगै उत्पन्न हुनसक्ने दुष्परिणामबाट जोगाउन सक्छन् ? यस्ता आम आशंकाले नेपाली राजनीतिमा कोइरालाको महत्त्व कुन स्तरमा रहेछ भन्ने दर्शाउँछ । उनलाई कुनै विशिष्ट क्षमता वा अस्वाभाविक अध्ययनले होइन, छ दशकभन्दा लामो राजनीतिक निरन्तरता, प्रतिबद्धता र अनुभवले शीर्ष स्थानमा पुर्याएको हो । अन्तिम अवस्थासम्म विश्राम लिन्न भन्ने आफ्नो भनाइ चरितार्थ गर्दै उनले अन्तिम घडीसम्म दुई/दुईवटा जिम्मेवारी सम्हालेका थिए । पार्टी सभापति र उच्चस्तरीय राजनीतिक संयन्त्र प्रमुखका हैसियतमा उनको सक्रिय प्रभाव शनिबारसम्मै महसुस भइरह्यो । अब मुलुकले अनेक युग देखेका, अनेक परिवर्तनको अगुवाइ गरेका र ऐतिहासिक विरासत बोकेका एकमात्र राजनेतालाई गुमाएको छ । २००७ साल आसपासबाट राजनीति थालेका र पञ्चायतलाई सुरुबाटै भोगेका नेताहरूको एउटा पुस्ताकै अन्त्य भएको छ ।
राणा शासनको छेउछाउबाट राजनीतिमा होमिएका गिरिजाप्रसाद कोइरालाको नेतृत्वदायी भूमिका पञ्चायतको उत्तरार्धबाट बढी मुखरित भएको हो । २०४६ सालको परिवर्तनपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेपछि उनी शीर्षस्थ तहमा उक्लिए । सुरुमा उनको शैली निकै आक्रामक थियो । सरकार सम्हाल्नासाथ उनी प्रतिपक्षी एमालेसँग टकरावमा उत्रिए । माओवादीले विद्रोह थालेपछि प्रहरी दमन गरे । सेना परिचालन गर्न खोज्दा तत्कालीन राजतन्त्रले रोकेपछि दरबारसँग उनको मतभेद बढ्यो । अनि माओवादी विद्रोहको सैन्य समाधान नरहेको निष्कर्ष निकाली राजनीतिक वार्तामा लागे । २०४७ सालसम्म ँमाले, मसाले, मण्डले एकै हुन्’ भन्ने उनको कम्युनिस्टविरोधी छवि क्रमशः परिवर्तन हुँदै गयो भने अर्कातिर २०५९ असोज १८ र २०६१ माघ १९ का प्रतिगमनकारी कदमपछि उनले राजतन्त्रविरोधी मोर्चाको खुलेरै अगुवाइ गरे । तर हठात परिवर्तन -रिभोल्युसन) होइन, क्रमिक परिवर्तन -इभोल्युसन) को बाटो अपनाए । ँरिभोल्युसन’ को नारा दिने माओवादीलाई ँइभोल्युसनरी’ मार्गमा ल्याए । गणतन्त्र घोषणा नहँुदासम्म राजतन्त्रलाई ँमाइनर किङ,’ ँसेरेमोनियल किङ’ वा त्यस्तै कुनै रूपमा राख्न सकिने आशयका अभिव्यक्ति दिइरहे । अन्ततः रक्तपातहीन ढंगले शाहवंशीय राजतन्त्रको अन्त्य आफैंले गराए । कोइराला अगुवाइको मौलिक शैलीका कारण त्यो असामान्य परिवर्तन सामान्य ढंगबाट हुन सकेको थियो । त्यसले छुट्टै अन्तर्राष्ट्रिय दृष्टान्तमात्र कायम गरेन, कोइरालाको अन्तर्राष्ट्रिय उचाइ एवं महत्त्वलाई पनि बढायो ।
राजतन्त्र अन्त्यपछि कार्यवाहक राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्दा अन्तर्राष्ट्रिय समुदायले उनैलाई भरपर्दो शक्तिकेन्द्रका रूपमा मान्यो । पूर्वअमेरिकी राष्ट्रपति जिम्मी कार्टरले कोइरालालाई आफ्नो नायक बनाए, भारतीय प्रधानमन्त्री मनमोहन सिंहले एसियाकै महान नेताको विशेषण दिए, भर्खरै राष्ट्रसंघीय उपमहासचिव वी लेन पास्कोले शान्ति प्रक्रियाका प्रणेताको उपाधि दोहोर्याए । वास्तवमा अहिले विश्वले मानेको एकमात्र नेपाली नेता उनै हुन्, जुन हैसियत अरू नेपाली नेताले बनाइसकेका छैनन् । त्यसैले कोइरालाको अवसानले अन्तर्राष्ट्रिय समुदायलाई पनि एकखाले रिक्तता महसुस गराउने छ ।
कोइरालाको पछिल्लो उचाइ निर्माणमा उनको पछिल्लो योगदान जोडिएको
छ । शाही अधिनायकवादलाई परास्त गर्न र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सकेको मात्र होइन, उनकै अगुवाइमा दोस्रो जनआन्दोलन, संविधानसभा निर्वाचन र गणतन्त्रको घोषणा सम्भव भएको हो । तर संविधान निर्माण र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने काम नसकिँदै उनी हामीबाट बिदा भएका छन्, जुनबेला राजनीतिक दलहरू तीव्र ध्रुवीकरणबाट गुजि्ररहेका छन् । आपसमा अविश्वास चर्केको छ । संविधान समयमा नलेखिने निश्चितप्रायः भएको छ । र, यो सबै प्रक्रियालाई डोर्याउन सक्ने व्यक्तित्वको अवसान भएको छ ।
वास्तवमा जुन दिनदेखि कोइराला शान्ति र संविधानको नेतृत्वदायी भूमिकाबाट हटे, त्यहींदेखि समग्र प्रक्रिया बिथोलिन थालेको हो । यसको मुख्य जिम्मेवार माओवादी हुन्, जसले संविधानसभा निर्वाचन जितेको जोसमा कोइरालालाई कुनै हालतमा राष्ट्रपति बन्न नदिने अडान लिए । दोस्रो मुख्य दल कांग्रेससँग
दूरी बढाउने माओवादीको त्यो कदमले सहमतीय राजनीतिलाई नराम्रोसँग बिथोल्यो । शान्ति अभियानका नायकको हैसियत कमजोर बन्दै गयो । त्यससँगै खस्किएको स्वास्थ्यले उनको सक्रियता र पहुँच पनि घटायो । पारिवारिक कमजोरीसँग सम्बन्धित आफ्नै कतिपय कदमले पार्टीभित्रै पनि उनको प्रभाव घट्यो । यद्यपि कोइरालाको सक्रियता वा पार्टी प्रभावकारिता घटे पनि उनको उपस्थितिमात्रले पनि राष्ट्रिय राजनीतिमा एउटा सन्तुलन कायम गरेको थियो । सहमतीय राजनीति बिथोलिए पनि कुनै राजनीतिक दुर्घटना भएको थिएन । नेपाली राजनीतिको मियोका रूपमा रहेका कोइरालाको अनुपस्थितिसँगै अतिवाद र असन्तुलनको जोखिम बढेको छ । यस सन्दर्भमा कोइरालाले प्रधानमन्त्री माधवकुमार नेपाललाई भनेको अन्तिम वाक्य ँराष्ट्रिय सहमति गरेर अगाडि बढ्नुस्’ सबैका निम्ति उनको अन्तिम सन्देश पनि हो । सबै सरोकारवालाले यसैलाई मूलमन्त्र बनाउनु कोइरालाप्रति साँचो अर्थमा श्रद्धाञ्जली हुनेछ ।

Comments
Post a Comment
Comment us and help for make it better!!